मुकेश अम्बानीको रिलायन्सलाई ऋण दिन करिब २ दर्जन बैंक लाइनमा, जेपी मोर्गन पनि समावेश

<p>काठमाडौं । विश्वभरका धेरैजसो ठूला बैंकहरू रिलायन्स इन्डस्ट्रीजलाई ऋण दिनका लागि लाइनमा उभिएका छन् । भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रीज लिमिटेड (आरआईएल) ले ३ अर्ब डलरको ऋण लिन डिसेम्बरमा ११ बैंकको समूह (कन्सोर्टियम) सँग सम्झौता गरेको थियो । स्रोतहरूका अनुसार अब कम्तीमा १० अन्य बैंकहरू पनि यो वित्तीय समूहमा सहभागी हुन चाहिरहेका छन् । [&hellip;]</p>

काठमाडौं । विश्वभरका धेरैजसो ठूला बैंकहरू रिलायन्स इन्डस्ट्रीजलाई ऋण दिनका लागि लाइनमा उभिएका छन् । भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रीज लिमिटेड (आरआईएल) ले ३ अर्ब डलरको ऋण लिन डिसेम्बरमा ११ बैंकको समूह (कन्सोर्टियम) सँग सम्झौता गरेको थियो ।

स्रोतहरूका अनुसार अब कम्तीमा १० अन्य बैंकहरू पनि यो वित्तीय समूहमा सहभागी हुन चाहिरहेका छन् । ती बैंकहरूमा अष्ट्रेलिया, उत्तर अमेरिका, ताइवान, युरोप र एसिया का प्रतिष्ठित बैंकहरू सामेल छन् ।

आगामी हप्ता ऋण संकलनको रोड शो सुरु

आगामी हप्तादेखि यो ऋणका लागि रोड शोहरू सुरु हुनेछन् । कम्पनी र मुख्य बैंकहरूले सुनिश्चित गर्न चाहन्छन् कि अझ धेरै बैंकहरू यसमा सहभागी बनून् । स्रोतका अनुसार आरईएलले यी बैंकहरूलाई पहिले नै चयन गरिसकेको छ ।

किन बैंकहरू रिलायन्सलाई ऋण दिन इच्छुक छन् ?

आरआईएल आफ्ना कर्जदाता बैंकहरूको दायरा बढाउन चाहन्छ । मुख्य बैंकहरूले आरआईएललाई भारतको सबैभन्दा राम्रो क्रेडिटधारी कम्पनी मान्छन् । नयाँ बैंकहरूले पनि यसरी सुरक्षित राम्रो क्रेडिटमा लगानी गर्न चाहन्छन् । मुख्य बैंकहरूले यसबाट फीस पाउँछन् र भविष्यमा थप ऋण दिने अवसर पनि मिल्छ ।

भारतको उच्चतम क्रेडिट रेटिङ प्राप्त कम्पनी

बैंकहरू कम ब्याजदर (मार्जिन) मा पनि आरआईएललाई ऋण दिन तयार छन् । किनकि आरआईएल भारतको सबैभन्दा राम्रो क्रेडिट रेटिङ भएको कम्पनी हो ।यसको क्रेडिट रेटिङ त्रिपल बी प्लस छ, जुन भारतको बीबीबी– सोवरेन क्रेडिट रेटिङभन्दा उच्च हो ।

आरआईएलले यसबारे औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।

कर्जा संरचना र ब्याजदर

आरआईएलले ११ बैंकहरूबाट ३ अर्ब डलर उठाइसकेको छ, जुन पछिल्लो दुई वर्षमा लिएको सबैभन्दा ठूलो ऋण हो । यो ५ वर्षको अवधि भएको ऋण हो ।

४५० मिलियन डलर जापानी येनमा पनि ऋण लिइएको छ । यो रकम यस वर्ष परिपक्व हुने ऋण चुक्ता गर्न प्रयोग गरिन सक्छ ।

कुन बैंकले कति ऋण दिए ?

बैंक अफ अमेरिकाले ३४३ मिलियन डलर, डीबीस र एचएसबीसी बैंकले ३००–३०० मिलियन, एमयूएफजीले २८० मिलियन डलर र एकमात्र भारतीय बैंक एसबीआईले २७५ मिलियन डलर ऋण दिएका छन् ।

अन्य बैंकहरू जस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंक, मिजुहो बैंक र एसएमबीसी बैंकले २५०–२५० मिलियन डलर ऋण दिएका छन् ।

यसैगरी, फस्र्ट अबुधाबी बैंक, सिटिबैंक, क्रेडिट अग्रिकोल सीआईबीले २४१–२४१ मिलियन डलर ऋण दिएका छन् ।

नयाँ बैंकहरूको भूमिका

दोस्रो चरणमा थपिने नयाँ बैंकहरूले आफ्नो क्षमताअनुसार ऋण दिनेछन् । प्रत्येक बैंकको कुनै पनि कम्पनीलाई दिन सक्ने ऋणको सीमा हुन्छ ।

मुख्य बैंकहरू कति रकम छोड्न चाहन्छन् र जोखिम मूल्यांकन कस्तो छ भन्नेमा नयाँ बैंकहरूको लगानी निर्भर हुनेछ ।

रिलायन्सबाट बाहिरिँदै विदेशी लगानीकर्ता, विदेशी हिस्सेदारी एक दशकको न्यूनतम स्तरमा

विश्वकै सबैभन्दा ठूलो डेटा सेन्टर बनाउँदै मुकेश अम्बानी

Share News