झन् गहिरिँदै अमेरिका र चीनबीचको ‘व्यापार युद्ध’

<p>काठमाडौं । अमेरिका र चीनबीचको व्यापार युद्ध झन् गहिरिँदै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा थप १० प्रतिशत ट्यारिफ लगाएका छन् । यसको प्रतिक्रियास्वरूप चीनले पनि अमेरिकी उत्पादनहरूमा १५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ । यसले आउने दिनमा दुवै देशबीच सम्बन्ध अझ बिग्रने सम्भावना छ । अमेरिका विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र [&hellip;]</p>

काठमाडौं । अमेरिका र चीनबीचको व्यापार युद्ध झन् गहिरिँदै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा थप १० प्रतिशत ट्यारिफ लगाएका छन् । यसको प्रतिक्रियास्वरूप चीनले पनि अमेरिकी उत्पादनहरूमा १५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ । यसले आउने दिनमा दुवै देशबीच सम्बन्ध अझ बिग्रने सम्भावना छ ।

अमेरिका विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र हो । यता चीनले २१ औं शताब्दीमै अमेरिकालाई पछि पार्ने सपना देखेको छ । यस बीच अमेरिकाले चीनबाट गरेको आयात कुल आयातको १३.५ प्रतिशतमा झरेको छ जुन २१ वर्षमा सबैभन्दा कम हो । सन् २०१८ देखि यसमा ८ प्रतिशत कमी आएको छ भने यसै अवधिमा क्यानडा र मेक्सिकोबाट आयात बढेको छ ।

यसले यो कुरा स्पष्ट छ कि अमेरिकी अर्थतन्त्र चीनमा निर्भर हराउँदै गएको छ । दुवै देशबीच तनाव बढेपछि अमेरिकी कम्पनीहरूले चीनबाहेक अन्य स्रोत खोज्न थालेका छन् । तथ्यांकअनुसार २०१८ पछि अमेरिकाले अन्य देशहरूबाट आयात बढाएको छ।

अमेरिकाले सबैभन्दा बढी आयात भियतनामबाट गरेको छ । यसबाहेक मेक्सिको, ताइवान, युरोप, कोरिया, थाइल्याण्ड, भारत र क्यानाडाबाट पनि आयातमा वृद्धि भएको छ ।

मेक्सिकोबाट आयात २ प्रतिशतको उछालसहित १५.५ प्रतिशतको ऐतिहासिक उचाइमा पुगेको छ । अमेरिकाले क्यानाडा र मेक्सिकोमा लगाएको २५ प्रतिशत ट्यारिफ अहिले एक महिनाको लागि स्थगित गरिएको छ ।

विश्लेषकहरूको भनाइ छ कि चीनले लगाएको ट्यारिफले अमेरिकामा ठूलो प्रभाव पार्ने छैन । किनभने अमेरिकाले चीनमा आफ्नो निर्भरता निकै घटाएको छ । तर चीनलाई यसले ठूलो आर्थिक क्षति पुग्न सक्छ । कारण अमेरिका नै चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।

२०२४ मा अमेरिकासँग चीनको ट्रेड सरप्लस १ ट्रिलियन डलर नजिक पुगेको थियो । अर्कोतिर अमेरिकाले चीनलाई निर्यात गर्ने मात्रा घट्दैछ । चीनले ट्यारिफ लगाएका वस्तुको निर्यात २०२४ मा २३.६ अर्ब डलरमा सीमित भएको थियो । अर्थात यस युद्धमा चीनको नै बढी नोक्सानी हुने देखिन्छ ।

मेक्सिको, क्यानडा र चीनविरुद्ध अमेरिकाको ‘ट्रेड वार’

अमेरिकी ट्यारिफले विश्वभर तनाव, आर्थिक परिवर्तनदेखि कूटनीति र सुरक्षासम्म असर

Share News