युनिलिभर नेपालको नाफा १३.४९ प्रतिशत बढ्यो, सञ्चिति नाफा ४ अर्ब १७ करोड रुपैयाँ

<p>काठमाडौं । युनिलिभर नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा १३.४९ प्रतिशत बढेर ४७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ४.९० प्रतिशत बढेर १ अर्ब ९४ करोड ५६ [&hellip;]</p>

काठमाडौं । युनिलिभर नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा १३.४९ प्रतिशत बढेर ४७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ४.९० प्रतिशत बढेर १ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८५ करोड ४७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३.०१ प्रतिशत बढेर १ अर्ब ९८ करोड रुपैयाँ र कुल खर्च १.०९ प्रतिशत घटेर १ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९२ करोड २१ लाख रुपैयाँ कुल आम्दानी गरेर १ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चिति नाफा ४ अर्ब १७ करोड ७८ लाख रुपैयाँ छ ।

यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२३.३४ रुपैयाँ बढेर १ हजार ३७.५७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ४ हजार ६४१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.२७ गुणा रहेको छ ।

 

Share News