
काठमाडौं । जर्मन कार कम्पनी फक्सवागनले सबैभन्दा सस्तो विद्युतीय कार (ईभी) ल्याउने भएको छ । यसै क्रममा कम्पनीले आफ्नो प्रवेश-स्तरको (एन्ट्री-लेभल) ईभीको पहिलो झलक सार्वजनिक गरेको छ ।
यो कार सन् २०२७ भित्र बजारमा आउने जनाइएकाे छ । यसकाे प्रारम्भिक मूल्य २० हजार युरो (२९ लाख रुपैयाँ) हुने अनुमान गरिएको छ ।
कम्पनीका अनुसार यो कार युरोपमै उत्पादन गरिनेछ र मुख्य रूपमा युरोपेली ग्राहकलाई लक्षित गरिने जनाइएकाे छ । तर, आगामी वर्षहरूमा यसलाई एसियाका विभिन्न देशमा पनि लन्च गरिने सम्भावना छ ।
फक्सवागनको तीन-चरणीय योजना
फक्सवागनले सन् २०३० सम्मको आफ्नो लक्ष्य पूरा गर्न तीन-चरणीय योजना सार्वजनिक गरेको छ । यसको मुख्य उद्देश्य विद्युतीय कार बजारमा अग्रणी बन्नु हो।
योजनाअन्तर्गत क्याचअप, अट्याक र लिड चरण छन् । हालको विद्युतीय कार बजारमा प्रतिस्पर्धात्मक उपस्थिति कायम राख्ने, नयाँ प्रविधिहरू र मोडेलहरूसँग प्रतिस्पर्धा गर्दै कम्पनीको स्थिति बलियो बनाउने र विश्वकै उत्कृष्ट विद्युतीय सवारी कम्पनी बन्ने लक्ष्य छ।
मार्च २०२५ मै लन्च गरिने
मार्च २०२५ मा यो कारलाई पहिलो पटक सार्वजनिक गरिने जनाइएकाे छ । तर गाडी २०२८ भित्र बजारमा उपलब्ध हुनेछ ।
याे गाडीकाे मुख्य विशेषता नै किफायती मूल्य हाे, जसले विद्युतीय सवारीसाधन आम उपभोक्ताका लागि सहज बनाउनेछ ।
फक्सवागन आईडी टु अल र नयाँ इलेक्ट्रिक कार परिवार
फक्सवागनको नयाँ प्रवेश-स्तरको विद्युतीय कारसँगै आईडी टु अल मोडेल पनि नयाँ इलेक्ट्रिक स्माल कार परिवारको हिस्सा हुनेछ।
२०२६ भित्र लन्च हुने यो कारको अनुमानित मूल्य २५ हजार युरो (करिब ३६ लाख २८ हजार रुपैयाँ) हुनेछ ।
मोड्युलर इलेक्ट्रिक ड्राइभ (एमईबी) प्लेटफर्ममा आधारित यी गाडीहरू उच्च कार्यक्षमता र लामो रेन्ज प्रदान गर्न सक्षम हुने जनाइएकाे छ ।
फक्सवागनको विद्युतीय सवारीसाधन बजारमा दबदबा
फक्सवागनले पहिले नै ईभी बजारमा बलियो पकड बनाइसकेको छ । २०१९ मा आईडी प्रडक्ट लाइन लन्च भएयता १३ लाख ३५ हजारभन्दा बढी आईडी सिरिजका गाडीहरू बिक्री भएका छन् ।
२०२३ मा मात्र ३ लाख ८३ हजार १०० विद्युतीय गाडीहरू बिक्री भएका छन् । आईडी थ्री मोडेलका ५ लाखभन्दा बढी युनिटहरू बिक्री भइसकेका छन् ।
फक्सवागनको नयाँ योजना विद्युतीय गाडीलाई आम उपभोक्तासम्म पुर्याउने महत्त्वपूर्ण कदम हुनेछ । किफायती मूल्य, लामो रेन्ज, र अत्याधुनिक प्रविधि सहितको यो नयाँ प्रवेश-स्तरको विद्युतीय कारले बजारमा क्रान्ति ल्याउन सक्छ ।
आफ्नो अस्तित्वको रक्षामा ‘निसान’, ६० अर्ब डलरको ‘मर्जर वार्ता’ रद्द गर्ने निर्णय
विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने
१९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा
एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल
२०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने
निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने
बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने
अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन
स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी