
काठमाडौं । मोरङ उद्योग व्यापार संघले उद्योग-व्यवसाय प्रतिष्ठानमा विद्युतको प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षा, गुणस्तरको मापन लगायत ध्यान दिनुपर्ने विषयहरूलाई समेटी एक दिने निःशुल्क तालिम आयोजना गरेको छ ।
संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा कार्यकारिणी सदस्य एवं ऊर्जा समितिका संयोजक सुशील सुरानाले ‘इमर्जिङ ट्रेन्ड्स इन इलेक्ट्रिकल सेफ्टी, प्रडक्ट क्वालिटी एन्ड एप्लिकेसन’ विषयक तालिम कार्यक्रम सञ्चालन गरे ।
विभिन्न औद्योगिक/व्यवसायिक प्रतिष्ठानका इलेक्ट्रीसियन तथा विद्यूत प्राविधिकहरुलाई प्रशिक्षण दिने उद्देश्यले सञ्चालित उक्त तालिममा भारतबाट आएका विद्युतीय उपकरणका विषेशज्ञ इन्जिनियर भरत अशोक उग्ले, काठमाडौंबाट आएका विशेषज्ञहरू, इन्जिनियर मनिष श्रेष्ठ र उज्जवल श्रेष्ठले सहजीकरण गरे ।
कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समिति सदस्यहरू, विभिन्न औद्योगिक/व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।