सिमेन्ट उद्योगीले आफूखुशी सिमेन्टको मूल्य बढाएका होइनन् : उद्योगमन्त्री भण्डारी

<p>काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगीले आफूखुशी सिमेन्टको मूल्य नबढाएको दाबी गरेका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उद्योग मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उत्पादन लागतमा वृद्धिको साथै लोडसेडिङको कारण सिमेन्ट उद्योगीहरुले मूल्यवृद्धि गरेको उल्लेख गरे । उनले सांसदहरुले लोडसेडिङ छैन भने पनि [&hellip;]</p>

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगीले आफूखुशी सिमेन्टको मूल्य नबढाएको दाबी गरेका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उद्योग मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उत्पादन लागतमा वृद्धिको साथै लोडसेडिङको कारण सिमेन्ट उद्योगीहरुले मूल्यवृद्धि गरेको उल्लेख गरे । उनले सांसदहरुले लोडसेडिङ छैन भने पनि प्राधिकरणले तालिका बनाएर उद्योगहरुलाई दिएको दाबी गरे । उद्योगमन्त्री भण्डारीले विद्युत प्राधिकरण सरकार भन्दा बाहिरको निकाय नभएको बताए ।

उनले उद्योगको लागत मूल्याङ्कन गर्नेगरी समिति बनाएको उल्लेख गरे । सरकारले सिमेन्टको मूल्यवृद्धि रोक्ने प्रयासले मूल्य वृद्धि घटेको बताए । सरकारले उद्योग जोगाउने र मूल्य वृद्धि पनि नियन्त्रण गरी जनतालाई पनि राहत प्रदान गर्ने गरी काम गरिरहेको बताए । घाटा खाएर कुनै पनि उद्योगले सिमेन्ट उत्पादन गरेर व्यापार नगर्ने जानकारी दिए । सरकारले पटक–पटक उद्योगी, व्यवसायी र निर्माण व्यवसायीहरुसँग छलफल गरेको उल्लेख गरे ।

‘सिमेन्टको मूल्य वृद्धिको विषयमा मन्त्रालय गम्भिर छ । मन्त्रालयले पटक–पटक सिमेन्ट उत्पादक संघसँग बसेर छलफल गरेका छौं । बाहिर बजारमा सतप्रतिशत बढ्यो भन्ने पनि छ । विभिन्न उत्पादकका फरक मूल्य छन्, ’ उनले भने ।

समितिमा उद्योगमन्त्री र सांसदहरुबीच दोहोरो संवाद समेत भएको छ । मन्त्रीले समेन्टको मूल्यवृद्धि लोडसेडिङको कारणले भएको भनेर समितिमा जानकारी दिएसँगै दोहोरो संवाद भएको हो । सांसदहरुले समितिले सिमेन्ट उद्योगीहरुले गरेको मूल्यवृद्धिलाई सघाउन नसक्ने मन्त्रीलाई जानकारी गएका थिए ।

Share News