
एलन मस्क
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक एलन मस्कलाई मंगलबार ठूलो घाटा लागेको छ । टेस्लाको सेयर मूल्यमा भारी गिरावट आएपछि मस्कको नेटवर्थ १५.९ अर्ब डलरले घटेको हो ।
ब्लूमबर्ग बिलियनेयर इंडेक्सका अनुसार मस्कको नेटवर्थ अहिले ३७९ अर्ब डलर मात्र रहेको छ । यो वर्ष मात्र उनको सम्पत्ति ५३.७ अर्ब डलरले घटिसकेको छ ।
मस्कले च्याटजीपीटीको मालिक कम्पनी ओपनएआई किन्ने प्रस्ताव राख्दै ९७.४ अर्ब डलरको अफर दिएका थिए । तर, ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले यो प्रस्ताव अस्वीकार गरेका छन् ।
शीर्ष १० धनाढ्यहरूमध्ये ६ जनाको सम्पत्ति घट्यो
मंगलबार विश्वका शीर्ष १० अर्बपतिहरूमध्ये ६ जनाको सम्पत्ति घटेको देखिएको छ । जेफ बेजोस, ल्यारी एलिसन, ल्यारी पेज, सर्गेई ब्रिन, स्टिभ बाल्मर जस्ता अर्बपतिहरूको नेटवर्थमा गिरावट आयो ।
तर, मार्क जुकरबर्ग, बर्नार्ड अर्नोल्ट, बिल गेट्स र वारेन बफेटको सम्पत्ति भने बढेको छ ।
विश्वका शीर्ष १० धनाढ्यहरूको सूचीः
मार्क जुकरबर्ग – २५३ अर्ब (दोस्रो स्थान)
जेफ बेजोस – २५२अर्ब (तेस्रो स्थान)
ल्यारी एलिसन – १९९ अर्ब (चौथो स्थान)
बर्नार्ड अर्नोल्ट – १८९ अर्ब (पाँचौं स्थान)
ल्यारी पेज – १६६ अर्ब (छैठौं स्थान)
बिल गेट्स – १६६ अर्ब (सातौं स्थान)
सर्गेई ब्रिन – १५६ अर्ब (आठौं स्थान)
वारेन बफेट – १४६ अर्ब (नवौं स्थान)
स्टिभ बाल्मर – १४४ अर्ब (दसौं स्थान)
त्यस्तै, रिलायन्स इन्डस्ट्रीजका मुकेश अम्बानीको नेटवर्थमा ७८.३ करोड डलरको गिरावट आएको छ । उनको कुल सम्पत्ति ८७.६ अर्ब डलर छ । उनी विश्वको १७औं धनी व्यक्ति हुन् ।
अडानी ग्रुपका गौतम अडानीको सम्पत्तिमा भने वृद्धि भएको छ । उनको नेटवर्थमा १२७.१६ करोड डलरको वृद्धि भएको हो । उनी ७०.४ अर्ब डलर सम्पत्तिसहित विश्वको २१औं धनी व्यक्ति हुन् ।
चीनमा टेस्ला कारको बिक्री ११.५ प्रतिशतले घट्यो, घरेलु प्रतिस्पर्धा बढ्दै