नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको ज्यान गयो

<p>काठमाडौं । शनिबार राति नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी सहितका नेताहरूले यस घटनाप्रति दुःख व्यक्त गरेका छन् । रक्षामन्त्री राजनाथ सिंहले पनि दुर्घटनामा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। मृतक र घाइतेहरूलाई नयाँ दिल्ली रेलवे स्टेशन नजिकै रहेको लोक नायक जय [&hellip;]</p>

काठमाडौं । शनिबार राति नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी सहितका नेताहरूले यस घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

रक्षामन्त्री राजनाथ सिंहले पनि दुर्घटनामा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

मृतक र घाइतेहरूलाई नयाँ दिल्ली रेलवे स्टेशन नजिकै रहेको लोक नायक जय प्रकाश अस्पतालमा लगिएको छ। २५ भन्दा बढी घाइते भएका छन्। महाकुम्भ जानको लागि दिउँसो ४ बजेदेखि नै स्टेशनमा भीड जम्मा हुन भएको थियो । राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिलो हुँदा भीड बढ्यो र भागदौड मच्चिएको हो ।

Share News