
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) मा चीनको एक कदमले सेयर बजारमा ठुलो परिवर्तन ल्याएको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार डीपसीकको लन्च भएपछि गत एक महिनामा चीनको सेयर बजारमा १.३ खर्ब डलर वृद्धि भएको छ ।
डीपसीकको प्रभावले चीनको प्रविधि सेयरहरूमा तीव्र उछाल आएको छ, जसका कारण बढीभन्दा बढी हेज फण्डहरूले त्यहाँ लगानी गरिरहेका छन् ।
चीनमा सम्पूर्ण एआई इकोसिस्टम निर्माण गर्नसक्ने कम्पनी
विश्लेषकहरूका अनुसार डीपसीकले चीनमा सम्पूर्ण एआई इकोसिस्टम निर्माण गर्न सक्ने कम्पनीहरू रहेको प्रमाणित गरेको छ ।
केही वर्षदेखि चीनबाट बाहिरिएको लगानी अब चीनमै फर्किने विश्वास गरिन्छ ।
विश्लेषकहरूका अनुसार डीपसीकको विकासले चीनको अर्थतन्त्र र सेयर बजारलाई ठूलो फाइदा पुर्याउन सक्छ ।
रिस्क रिवार्डको आधारमा चीन आकर्षक गन्तव्य बनेको छ ।
बढ्दै चिनियाँ सेयरमा लगानी
चीनको एमएससीआई चाइना इन्डेक्सका अनुसार चीनले ११ गुणा बढी मूल्यमा व्यापार गरिरहेको छ । ब्लूमबर्गको डेटा अनुसार एसियाका ठूला इक्विटी फण्डहरूले भारतीय बजारमा लगानी घटाई चीनका सेयरहरूमा लगानी बढाइरहेका छन् ।
डीपसीकले चीनमा विदेशी लगानी बढाउन ठूलो भूमिका खेलेको छ । चिनियाँ सरकार अर्थतन्त्रलाई पुनः सशक्त बनाउने उद्देश्यले थप प्रोत्साहन प्याकेजहरू ल्याउने तयारीमा छ ।
द म्यान एसिया एक्स जापान इक्विटीले गत वर्षमा चीनमा आफ्नो लगानी ३० प्रतिशतबाट बढाएर ४० प्रतिशत पुर्याएको छ ।
अलिबाबाको बजार पूँजीकरणमात्र पाँच हप्तामा १०० अर्ब डलरले बढेको छ । (एजेन्सीहरूको सहयोगमा)
एकदिनमै विश्वको एआई उद्योग हल्लाउने डीपसीकका संस्थापक को हुन् ? कति छ उनको नेटवर्थ ?
चिनियाँ एआई मोडल डीपसीकको फन्दामा अमेरिका, सामान्य पृष्ठभूमिका लियाङ ‘मास्टरमाइन्ड’