टोरन्टो एयरपोर्टमा विमान दुर्घटना : चालक दलसहित सबै यात्री सुरक्षित

<p>काठमाडौं । क्यानडाको टोरन्टो पियर्सन एयरपोर्टमा भएको विमान दुर्घटनामा चालक दलसहित सबै यात्रीहरू सुरक्षित रहेका छन् । यो जानकारी ग्रेटर टोरन्टो एयरपोट्र्स अथोरिटी की प्रमुख कार्यकारी अधिकृत डेबोराह फ्लिन्टले दिएकी हुन् । उनी भन्छिन्, &#8216;हामीलाई धेरै खुसी लागेको छ कि दुर्घटनाका बाबजुद कुनै यात्रुको ज्यान गएको छैन । यात्रुहरूलाई केही सामान्य चोट लागेको भए पनि [&hellip;]</p>

काठमाडौं । क्यानडाको टोरन्टो पियर्सन एयरपोर्टमा भएको विमान दुर्घटनामा चालक दलसहित सबै यात्रीहरू सुरक्षित रहेका छन् ।

यो जानकारी ग्रेटर टोरन्टो एयरपोट्र्स अथोरिटी की प्रमुख कार्यकारी अधिकृत डेबोराह फ्लिन्टले दिएकी हुन् ।

उनी भन्छिन्, ‘हामीलाई धेरै खुसी लागेको छ कि दुर्घटनाका बाबजुद कुनै यात्रुको ज्यान गएको छैन । यात्रुहरूलाई केही सामान्य चोट लागेको भए पनि अवस्था गम्भीर छैन ।’

आपतकालीन सेवाहरूका अनुसार दुर्घटनामा एक बच्चा र दुई वयस्क गम्भीर रूपमा घाइते भएका छन् ।

टोरन्टो पियर्सन एयरपोर्टका अनुसार डेल्टा एयरलाइन्सको विमान मिनियापोलिसबाट आइरहेको थियो । विमानमा ८० जना सवार थिए, जसमा ७६ जना यात्री र ४ जना चालक दलका सदस्य थिए ।

दुर्घटनापछि कुल १८ यात्रुलाई अस्पताल लगिएको छ ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार डेल्टा एयरलाइन्सको उडान संख्या ४८१९ ल्यान्डिङको क्रममा स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे पल्टिएको थियो ।

यो विमान डेल्टा एयरलाइन्सको सहायक कम्पनी ‘एन्डेभर एयर’ द्वारा सञ्चालित गरिएको थियो ।

Share News