नौ हजार प्रहरी सरुवा गर्ने गृहकार्य, गृहमार्फत सहमति अाउन बाँकी

<p>काठमाडौं । गृह मन्त्रालयले ९ हजार भन्दा बढी प्रहरी अधिकारीको सरुवा र काज सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको छ । सरुवा मागिएकाहरुमा प्रहरी वरिष्ठ उपरीक्षकदेखि प्रहरी जवानसम्म छन् । निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले हस्ताक्षरको सरुवा र काज सरुवा सहमति मागपत्र गृहमार्फत आयोग पुगिसकेको छ । प्रहरी प्रधान कार्यालयले केही अघि मात्र गरेको [&hellip;]</p>

काठमाडौं । गृह मन्त्रालयले ९ हजार भन्दा बढी प्रहरी अधिकारीको सरुवा र काज सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको छ ।

सरुवा मागिएकाहरुमा प्रहरी वरिष्ठ उपरीक्षकदेखि प्रहरी जवानसम्म छन् । निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले हस्ताक्षरको सरुवा र काज सरुवा सहमति मागपत्र गृहमार्फत आयोग पुगिसकेको छ ।

प्रहरी प्रधान कार्यालयले केही अघि मात्र गरेको प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकको सरुवा भएका जिल्लाका प्रहरी अधिकारी हटाएर नयाँ पठाउने सहमति समेत मागेको उल्लेख छ । नागरिक दैनिकबाट ।

Share News