उपन्यासकार घिमिरे सम्मानित

<p>काठमाडौं । नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय कार्यालय हेटौडाद्वारा आयोजित &#8216;दोस्रो नवसर्जक उत्सवमा’ लेखक तथा उपन्यासकार केशव घिमिरेलाई नवसर्जक प्रतिभा सम्मान प्रदान गरिएको छ । नयाँ लेखकहरुलाई हौसला र उनीहरूको साहित्यप्रतिको योगदानको कदर गर्दै दिइने यो पुरस्कार २०८१ मा बागमती प्रदेशबाट उपन्यासकार घिमिरेलाई दिएको हो । अग्रज स्रष्टाका रूपमा प्राध्यापक डाक्टर चुडामणि बन्धु, कोशी प्रदेशबाट [&hellip;]</p>

काठमाडौं । नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय कार्यालय हेटौडाद्वारा आयोजित ‘दोस्रो नवसर्जक उत्सवमा’ लेखक तथा उपन्यासकार केशव घिमिरेलाई नवसर्जक प्रतिभा सम्मान प्रदान गरिएको छ । नयाँ लेखकहरुलाई हौसला र उनीहरूको साहित्यप्रतिको योगदानको कदर गर्दै दिइने यो पुरस्कार २०८१ मा बागमती प्रदेशबाट उपन्यासकार घिमिरेलाई दिएको हो ।

अग्रज स्रष्टाका रूपमा प्राध्यापक डाक्टर चुडामणि बन्धु, कोशी प्रदेशबाट चिन्तामणि निरौला, मधेश प्रदेशबाट सरोजप्रसाद शाह, बागमती प्रदेशबाट केशव घिमिरे, गण्डकी प्रदेशबाट रोशन तिमल्सिना, लुम्बिनी प्रदेशबाट निशा पाण्डे, कर्णाली प्रदेशबाट शिवराज शाही र सुदूरपश्चिम प्रदेशबाट सुनिल बुढा ’कछुवा’ सम्मानित भएका छन् ।

साहित्य क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका घिमिरे नवसर्जक प्रतिभाका उत्कृष्ट नवसर्जकका रूपमा चयन भएका छन । घिमिरे विगतका एक दशकदेखि कलम चलाउँदै आएका छन र उनको तीन वर्ष अगाडि नै ’रुपीका’ नामक उपन्यास बजारमा आइसकेको छ ।

प्रदेश स्तरीय छनोटमा केशव घिमिरे प्रथम स्थानमा छनोट भएको हुँदा उनलाई ’टिका ईश्वरी स्मृति नवसर्जक प्रतिभा सम्मान २०८१’ द्वारा सम्मान गरिएको हो। यस स्मृतिका संरक्षक गोकर्ण सुवेदी र जयन्ती अर्याल रहेका छन् । केशव घिमिरे विगतका लामो समयदेखि निरन्तर रूपमा लागि परेको र साहित्यलाई एक उचाइमा पु¥याउनको लागि उनले दिएको योगदानको कदर गर्दै यो सम्मान उनलाई अर्पण गरिएको हो ।

नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका र नेपाली साहित्यका विभिन्न साहित्य संस्थाहरु, प्रज्ञा प्रतिष्ठान, वाङ्मय प्रतिष्ठान र अन्य विभिन्न साहित्यिक क्रियाकलापमा सक्रिय रूपमा अनवरत रुपमा लागि पर्दै आएका छन ।

 

Share News