भारतीय अर्बपति अडानीले तिरे पौने ६ खर्ब कर, गत वर्षभन्दा सवा खर्ब बढी

<p>&nbsp; काठमाडौं । भारतीय अर्बपति गौतम अडानीले नेतृत्व गरेको अडानी समूहले आर्थिक वर्ष २०२३/२०२४ मा करिब ६ खर्ब रुपैयाँ भारु कर तिरेको छ । यो समूहले सो आर्थिक वर्षमा ५ खर्ब ८१ अर्ब ४ करोड रुपैयाँ कर तिरेको हो । आर्थिक वर्ष २०२२÷२३ मा यस व्यावसायिक समूहले कुल ४ खर्ब ६६ अर्ब १० करोड रुपैयाँ [&hellip;]</p>

 

काठमाडौं । भारतीय अर्बपति गौतम अडानीले नेतृत्व गरेको अडानी समूहले आर्थिक वर्ष २०२३/२०२४ मा करिब ६ खर्ब रुपैयाँ भारु कर तिरेको छ । यो समूहले सो आर्थिक वर्षमा ५ खर्ब ८१ अर्ब ४ करोड रुपैयाँ कर तिरेको हो ।

आर्थिक वर्ष २०२२÷२३ मा यस व्यावसायिक समूहले कुल ४ खर्ब ६६ अर्ब १० करोड रुपैयाँ कर सरकारलाई भुक्तान गरेको थियो । अडानी ग्रुपका अनुसार यसमा प्रत्यक्ष कर, अप्रत्यक्ष कर, र कर्मचारीहरूको सामाजिक सुरक्षामा गरिएको योगदान समेत समावेश गरिएको छ । अडानी भारतीय अर्बपतिमध्ये बढी कर तिर्नेमा पर्छन् ।

Share News