काठमाडौं । लक्ष्मी स्टील्स लिमिटेडले ५३ करोड रुपैयाँको सेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता २६५ रुपैयाँका दरले २० लाख कित्ता सेयर बिक्रीमा राखेको हो । जस आधारमा कम्पनीले ५३ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीको गत माघ २८ गते बसेको संचालक समितिको बैठकले चुक्ता हुन बाँकी रहेको २० लाख कित्ता जगेडा सेयर बिक्री गर्न प्रस्ताव गरिएको थियो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले १५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
खरिदका लागि कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३२, तिनकुने (न्यौपाने टावर)मा आईपुग्ने गरी आवेदन गर्नुपर्नेछ । यदि म्याद भित्र विद्यमान सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिरका व्यक्ती वा संगठीत संस्थालाई उक्त सेयर बिक्री गरिने लक्ष्मी स्टिल्सले जनाएको छ ।