
काठमाडौं । टेस्लाद्वारा चीनमा निर्मित विद्युतीय सवारीसाधन (ईभी) को बिक्री गत वर्षको तुलनामा फेब्रुअरी महिनामा ४९.२ प्रतिशतले घटेर ३० हजार ६८८ युनिटमा पुगेको छ । जुन अगस्ट २०२२ पछि सबैभन्दा न्यून हो ।
अमेरिकी कार निर्माता कम्पनी टेस्ला चीनका प्रतिस्पर्धीहरूसँग लगातार भइरहेको स्मार्ट ईभी मूल्य युद्धको दबाबमा परेको छ ।
चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) का अनुसार टेस्लाले पहिलो दुई महिनामा चीनमा बनेका ९३ हजार ९२६ विद्युतीय गाडी विश्वभर बिक्री ग¥यो, जुन वार्षिक रूपमा २८.७ प्रतिशत गिरावट हो ।
जनवरी–फेब्रुअरी बिक्रीमा कमी आउनुको कारण लुनार न्यू इयरको बिदा फेब्रुअरीबाट जनवरीमा सर्ने र मोडल वाई उत्पादन आंशिक रूपमा रोकिएको कारण हो ।
तर, बीवाईडीले आफ्नो डाइनास्टी र ओसन सिरिजका ईभीहरू तथा प्लग–इन हाइब्रिडहरूसहित ९०.४ प्रतिशतले वृद्धि गर्दै ६ लाख १४ हजार ६७९ युनिट बिक्री ग¥यो ।
पछिल्लो महिनामा बीवाईडीले स्मार्ट ईभी (उन्नत ड्राइभिङ असिस्टेन्स प्रणाली भएको ईभी) मात्र १० हजार डलरभन्दा कम मूल्यमा ल्याएर चीनको सबैभन्दा ठूलो अटो बजारमा तीन वर्षदेखि चलिरहेको मूल्य युद्धलाई अझ गहिरो बनायो । यसले लीपमोटर र जेलीलाई पनि सस्तो स्मार्ट ईभी बजारमा प्रवेश गर्न प्रेरित गर्यो ।
टेस्लाको चीनमा निर्मित दुबै मोडल स्मार्ट ईभीहरू हुन् । टेस्लाले युरोपजस्ता बजारमा पनि चीनमा बनेका ईभीहरू निर्यात गर्छ, जहाँ जनवरीमा बिक्री ४५ प्रतिशत गिरावट आयो ।
मोडल वाई २०२३ र २०२४ मा चीनकै सबैभन्दा बढी बिक्री हुने कार रह्यो । तर पछिल्लो वर्ष चीनका प्रतिस्पर्धीहरूले कम्तीमा ६ नयाँ मोडलहरू ल्याए जसले मोडल वाईसँग प्रतिस्पर्धा गर्दैछन् ।
टेस्लाले अझै ब्रान्ड प्रभाव कायम गरिरहेको छ, तर विश्लेषकहरूका अनुसार साओमीको आउँदै गरेको वाई यू सेभेन क्रसओभर टेस्लाको सबैभन्दा बलियो प्रतिस्पर्धी हुनसक्छ ।
नीओले अप्रिलमा मोडल वाई र टोयोटाको आरएभी फोरसँग प्रतिस्पर्धा गर्न ल्याएको ओन्भो एलसिक्स जिरोको बिक्री फेब्रुअरीमा ४ हजार ४९ युनिटमा झर्यो ।
नीओका सीईओ विलियम लीले यो मोडल मार्चमा मासिक २० हजार युनिट बिक्रीमा पुर्याउने अपेक्षा गरेका छन्, जसले कम्पनीको नाफा सुधार्ने आशा गरिएको छ । (एजेन्सीहरूको सहयोगमा)
ट्रम्पको ट्यारिफ असर : सवारीसाधनको मूल्य २५ प्रतिशतसम्म बढाउने चेतावनी
निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै
‘अमेरिकी ट्यारिफ’का कारण होन्डाले ‘सिभिक’ मेक्सिकोमा नभई ‘इन्डियाना’मा उत्पादन गर्ने
मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै