भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, पाइलट सुरक्षित

<p>काठमाडौं । भारतीय वायु सेना (आईएएफ) को एक जगुआर लडाकु विमान शुक्रबार दुर्घटनामा परेको छ । उत्तरी भारतीय राज्य हरियाणामा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । हरियाणाको राजधानी चण्डीगढबाट करिब ३५ किलोमिटर दक्षिण पूर्वमा रहेको पञ्चकुला जिल्लाको रायपुर रानी नजिकैको पहाडी जङ्गल क्षेत्रमा दुर्घटना हुनुअघि पाइलट सुरक्षित रूपमा बाहिर निस्किएका थिए [&hellip;]</p>

काठमाडौं । भारतीय वायु सेना (आईएएफ) को एक जगुआर लडाकु विमान शुक्रबार दुर्घटनामा परेको छ । उत्तरी भारतीय राज्य हरियाणामा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

हरियाणाको राजधानी चण्डीगढबाट करिब ३५ किलोमिटर दक्षिण पूर्वमा रहेको पञ्चकुला जिल्लाको रायपुर रानी नजिकैको पहाडी जङ्गल क्षेत्रमा दुर्घटना हुनुअघि पाइलट सुरक्षित रूपमा बाहिर निस्किएका थिए ।

तस्बिरहरूमा आगो लागेको जेटको भग्नावशेष र यसको केही भागहरू जमिनमा छरिएका देखाइएका छन् । भारतीय वायुसेनाका अनुसार अम्बाला एयरबेसबाट उडेको विमान नियमित प्रशिक्षण उडानका क्रममा प्रणालीमा खराबी भएको थियो । यसैबीच वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिएको छ ।

गत महिना, भारतीय वायुसेनाको दुई सिट भएको लडाकु विमान पनि नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

Share News