पर्यटक र सर्वसाधारणलाई सकस पार्ने पूर्वराजाको स्वागत (तस्बिरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा बसाइँपश्चात आइतबार काठमाडौं फर्किएका छन् । उनको स्वागतका लागि राजावादीहरूको भीड लागेको थियो ।

उनको स्वागतमा एयरपोर्टदेखि, गौशाला, चाबहिल हुँदै महाराजगञ्ज खासगरी चक्रपथमा राजावादीको भीड लागेको हो ।

त्रिभुवन विमानस्थलको मुख्य गेटबाट ज्ञानेन्द्रले आफ्ना समर्थकहरूप्रति हात हल्लाइरहेका थिए ।

राजावादीहरूले विमानस्थल नै पुग्ने तयारी गरेपछि सरकारले विमानस्थलको सुरक्षामा कडाइ गरेको थियो । जुलुससहित विमानस्थल पुग्ने उनीहरूको योजना थियो ।

विमानस्थललगायतका आसपास ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएका छन् । विमानस्थलमा प्रवेश गर्नेहरूलाई कडा चेकजाँच गरेर मात्र भित्र जान दिइएको थियो ।

प्रदर्शनका कारण त्रिभुवन विमानस्थल अस्तव्यस्त भएको थियो । विशेषगरी प्रदर्शनको व्यापक असर पर्यटक र यात्रुहरूलाई परेको देखिन्थ्यो । उनीहरूले आफ्नो सामान आफै बोकेर विमानस्थल पुग्नु परेको थियो ।

केही यात्रुहरूसँग सोधपुछ गर्दा कसैले कौशलटार त कसैले कोटेश्वरबाट हिँड्दै आएको बताएका थिए ।

तस्बिरहरू : नरेश बोहोरा 

Share News