
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित भएका छन् । उनलाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मनोनित गरेका हुन् ।
निरक केसीको १८ महिने कार्यकाल सकिएपछि उनको स्थानमा आचार्य मनोनित भएका हुन् ।
आचार्यले महासंघको उद्योग समिति सभापतिको रुपमा काम गरिसकेका छन् । साथै उनले रोजगारदाता परिषदको सहसभापति तथा स्थायी समिति सदस्यसमेत भइसकेका छन् ।
आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्ने छन् ।