अन्तत : पृथ्वीमा फर्किए विलमोर र विलियम्स

<p>काठमाडौं । नासाका अन्तरिक्ष यात्री बुच विलमोर र सुनीता विलियम्स पृथ्वी फर्किएका छन् । उनीहरू स्थानीय समयअनुसार मंगलबार बेलुका फ्लोरिडाको टलाहासी तट नजिकै स्पेसएक्स ड्रागन क्याप्सुलमा सफलतापूर्वक अवतरण गरेका हुन्। विलमोर र विलियम्स उनीहरूका सहकर्मी नासा अन्तरिक्ष यात्री निक हेग र रोस्कोसमोसका अन्तरिक्ष यात्री अलेक्जान्द्र गोर्बुनोभसँग पृथ्वीमा फर्किएका हुन् । उनीहरूलाई समुद्रमा अवतरण गरिएको हो [&hellip;]</p>

काठमाडौं । नासाका अन्तरिक्ष यात्री बुच विलमोर र सुनीता विलियम्स पृथ्वी फर्किएका छन् । उनीहरू स्थानीय समयअनुसार मंगलबार बेलुका फ्लोरिडाको टलाहासी तट नजिकै स्पेसएक्स ड्रागन क्याप्सुलमा सफलतापूर्वक अवतरण गरेका हुन्।

विलमोर र विलियम्स उनीहरूका सहकर्मी नासा अन्तरिक्ष यात्री निक हेग र रोस्कोसमोसका अन्तरिक्ष यात्री अलेक्जान्द्र गोर्बुनोभसँग पृथ्वीमा फर्किएका हुन् ।

Butch Wilmore and Suni Williams and two other astronauts descend in the Crew Dragon spacecraft to their splashdown, following their return to earth from the International Space Station off the coast of Florida, U.S. March 18, 2025 in a still image from video. NASA TV/Handout via REUTERS. THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY

उनीहरूलाई समुद्रमा अवतरण गरिएको हो । जसलाई ‘स्प्ल्यास डाउन’ भनिन्छ । यो पृथ्वीमा फर्कनको लागि सरल तरिका हो ।

अन्तरिक्ष यात्रीहरू अब केही दिनको लागि स्वास्थ्य परीक्षणका लागि ह्युस्टनको नासाको जोनसन स्पेस सेन्टर जानेछन्, त्यसपछि मात्र घर जान पाउनेछन् ।

विलमोर र विलियम्स गत जूनमा पृथ्वीबाट करिब नौ दिनको परीक्षण उडानका लागि प्रस्थान गरेका थिए ।

तर, बोइङको स्टारलाइनर क्याप्सुलमा समस्या आएपछि उनीहरूको बसाइ लम्बिएको थियो । यस घटनाले क्याप्सुलले उनीहरूलाई सुरक्षित रूपमा पृथ्वीमा ल्याउन सक्ने वा नसक्ने भन्ने चिन्ता बढाएको थियो । अन्ततः नासाले करिब तीन महिना अन्तरिक्ष केन्द्रमा डक भएको क्याप्सुललाई खाली फिर्ता पठाउने निर्णय गर्‍यो ताकि स्पेसक्राफ्टमा देखिएका समस्याहरूको ’खास कारणहरू अझ बुझ्न’ सकियोस् ।

नासाले विलमोर र विलियम्सलाई स्पेसएक्स ड्रागन स्पेसक्राफ्टमा फर्काउने घोषणा गर्‍यो । यसले नासाको अन्तरिक्ष यात्रीहरूको रोटेशन योजनामा परिवर्तन गरी स्पेसएक्सको क्रू-९ मिसनबाट दुई व्यक्तिलाई हटाएर उनीहरूलाई ठाउँ दिइयो ।

त्यो क्याप्सुल, जसले क्रू-९ का दुई सदस्यहरूलाई बोकेको थियो, सेप्टेम्बरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसस) मा पुगेको थियो । आईएससमा नयाँ टोली आएपछी अन्तरिक्ष यात्रीहरू पालैपालको काम गर्छन् ।

नासाले सुरुमा स्पेसएक्सको क्रू-१० मिसनलाई फेब्रुअरीमा प्रक्षेपण गर्ने योजना बनाएको थियो, तर त्यसमा करिब एक महिना ढिलाइ भयो ।

चार नयाँ टोलीका सदस्यहरू बोकेको रकेट शुक्रबार बेलुकी प्रक्षेपण गरियो र त्यसको क्याप्सुल २९ घण्टापछि अन्तरिक्ष केन्द्रमा डक गरियो ।

स्टारलाइनर क्रू फ्लाइट टेस्ट बोइङका लागि अन्तिम परीक्षण थियो, जसले नासालाई आईएससतर्फ पालैपालो दुई कम्पनी– बोइङ र एलन मस्कको स्पेसएक्स पठाउने आफ्नो सपना पूरा गर्न सक्थ्यो ।

तर, अब बोइङको भविष्यमा मानवयुक्त अन्तरिक्ष योजनाहरू के हुने हुन्, त्यो स्पष्ट छैन । कम्पनीले आफ्नो स्टारलाइनर स्पेसक्राफ्टमा २ अर्ब डलरभन्दा बढी घाटा बेहोरेको छ ।

नासा अधिकारीहरूले स्टारलाइनरले अझ धेरै परीक्षण गर्नुपर्ने बताएका छन् । साथै यसको अर्को उडान बिना चालक दलको हुन सक्ने सम्भावना पनि उनीहरूले खुलाएका छन् ।

विलमोर र विलियम्सको यात्रा राजनीतिक मामिलामा पनि उल्झियो, जब राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हाले । राष्ट्रपति ट्रम्पका निकट सल्लाहकार मस्कले क्रू-१० को छिटो प्रक्षेपणका लागि दबाब दिनुका साथै दुई अन्तरिक्ष यात्रीहरूलाई ‘अन्तरिक्ष केन्द्रमा फँसाइएको’ आरोप लगाए । बाइडेन प्रशासनले तिनीहरूलाई त्यहाँ राजनीतिक कारणले राखेको उनको दावी थियो ।

गत वर्ष मस्कले यी अन्तरिक्ष यात्रीहरूलाई चाँडै फर्काउने प्रस्ताव राखेको तर बाइडेन प्रशासनले अस्वीकार गरेको उनको आरोप थियो ।

‘उनीहरूलाई राजनीतिक कारणले त्यहाँ छोडियो, जुन राम्रो होइन,’ मस्कले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर्वार्तामा भनेका थिए।

The Crew Dragon capsule containing Butch Wilmore and Suni Williams and two other astronauts descends by parachute before their splashdown, following their return to earth from the International Space Station off the coast of Florida, U.S. March 18, 2025 in a still image from video. NASA TV/Handout via REUTERS. THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY

प्यारासुटमार्फत क्याप्सुललाई ल्यान्ड गरिँदै । तस्बिर : नासा

नासाले क्रू-१० को प्रक्षेपण डिसेम्बरमा ढिलाइ गरेको थियो ताकि नयाँ ड्रागन क्याप्सुल तयार गर्न समय मिलोस् । तर, प्रतीक्षा समय घटाउन नासाले पुनः प्रयोग गर्न सकिने क्याप्सुल प्रयोग गर्ने निर्णय गर्‍यो ।

अगस्टमा नासाले घोषणा गरेको योजनाअनुसार नै यी दुई अन्तरिक्ष यात्रीहरूलाई फर्काउने तयारी भएको हो ।

The Crew Dragon capsule containing Butch Wilmore and Suni Williams and two other astronauts floats after their splashdown following their return to earth from the International Space Station off the coast of Florida, U.S. March 18, 2025 in a still image from video. NASA TV/Handout via REUTERS. THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY

पानीमा ल्यान्ड भएको क्याप्सुल । तस्बिर : नासा

आफ्नो लम्बिएको बसाइमा विलमोर र विलियम्स सामान्य रोटेशनको हिस्सा बने जहाँ अन्य अन्तरिक्ष यात्री झैं वैज्ञानिक प्रयोगहरू र नियमित मर्मत कार्यहरू गरे । विलियम्सले एउटा स्पेसवाक (अन्तरिक्षमा हिँडाइ) पनि गरिन् ।

विलियम्सले बारम्बार आईएससमा आफूहरूलाई ‘त्यागिएको’ महसुस नभएको बताएकी थिइन् । तर उनले आफ्नो परिवार र आफ्ना दुई कुकुरहरू भेट्न उत्साहित भएको उल्लेख गरेकी थिइन् ।

Butch Wilmore and Suni Williams, two veteran NASA astronauts who have been stuck on the International Space Station for nine months, wave at the hatch of a SpaceX Crew Dragon capsule before closing the hatch in preparation for undocking from the ISS to begin their return to Earth March 17, 2025 in this still image taken from video. NASA/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY TPX IMAGES OF THE DAY

Share News