भ्रष्टाचारीलाई रोक्दा ज्यान मार्ने धम्की आएको मस्कको दावी

<p>काठमाडौं । विश्वको सबैभन्दा धनी व्यक्ति र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट साथी एलन मस्कले ठूलो दाबी गरेका छन् । ट्रम्प प्रशासनमा आफ्नो भूमिकाका कारण र सरकारी दक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी) मा गरिएको ठूलो कटौतीका कारण आफ्नो ज्यान खतरामा परेको दावी गरेका हुन् । डीओजीई राष्ट्रपति ट्रम्पले स्थापना गरेका हुन् । डीओजीईको काम [&hellip;]</p>

काठमाडौं । विश्वको सबैभन्दा धनी व्यक्ति र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट साथी एलन मस्कले ठूलो दाबी गरेका छन् ।

ट्रम्प प्रशासनमा आफ्नो भूमिकाका कारण र सरकारी दक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी) मा गरिएको ठूलो कटौतीका कारण आफ्नो ज्यान खतरामा परेको दावी गरेका हुन् ।

डीओजीई राष्ट्रपति ट्रम्पले स्थापना गरेका हुन् ।

डीओजीईको काम सरकारी जागिर र खर्चमा कटौती गर्नु हो । यस विभागका प्रमुख मस्क हुन् । मस्कले सरकारी कर्मचारीको सङ्ख्या घटाउन र करदाताको पैसा दुरुपयोग हुनबाट रोक्न प्रयास गरिरहेका छन् ।

फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा मस्कले भनेका छन्, ‘सरकारी कामकाजमा भ्रष्टाचार गरिरहेका व्यक्तिहरूलाई मैले रोक्दा उनीहरू मलाई मार्ने धम्की दिन थाले ।’

उनले थपे कि टेस्ला कम्पनीलाई पनि नोक्सान पुर्‍याउने प्रयास भइरहेको छ ।

किन छ मस्कलाई ज्यानको खतरा?

मस्क भन्छन्, ‘उनीहरू मलाई मार्न चाहन्छन् किनकि म उनीहरूलाई ठगी गरेर पैसा कमाउनबाट रोकिरहेको छु । टेस्लालाई पनि नोक्सान पुर्‍याउन खोजिरहेका छन्, किनकि हामी सरकारमा भइरहेको यो भयानक बर्बादी र भ्रष्टाचार रोकिरहेका छौं । मलाई लाग्छ ती खराब मानिसहरू हुन् । खराब मानिसहरूले खराब काम गर्छन् ।’

अदालतको हस्तक्षेप

एक संघीय न्यायाधीशले डीओजीईलाई यूएसएड बन्द गर्नबाट रोक लगाएका छन् ।

न्यायाधीशले भनेका छन् कि यस्तो गर्नु अमेरिका संविधानको उल्लङ्घन हुन सक्छ । अदालतले ट्रम्प प्रशासनलाई यूएसएडका सबै कर्मचारीहरूलाई पुनः इमेल र कम्प्युटर एक्सेस दिन आदेश दिएको छ ।

तर, अदालतले हटाइएका कर्मचारीहरूलाई पुनः जागिरमा फर्काउने आदेश भने दिएको छैन ।

टेस्लाविरुद्ध प्रदर्शन

एलन मस्कको यो बयान यस्तो समयमा आएको छ जब उनको इलेक्ट्रिक कार कम्पनी टेस्लाविरुद्ध केही हप्तादेखि प्रदर्शन भइरहेको छ ।

मार्च १८ मा लस भेगासस्थित टेस्लाको एक सर्भिस सेन्टरमा लागो लगाउँदा ५ वटा कारमा क्षति पुगेको छ । प्रहरी अधिकारी डोरी कोरेनले भने, ‘यो टेस्लाको भवनमा जानाजानी गरिएको आक्रमण हो ।’

मस्कले संघीय कर्मचारी कटौती र मानवतावादी कार्यक्रमसँग सम्बन्धित सम्झौता रद्द गर्न खेलेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै टेस्ला गाडीमाथि आगजनी गरेका हुन् ।

मस्कको दाबी अनुसार यी सबै घटनाहरू उनकै विरुद्धको षड्यन्त्र हुन् किनकि उनले सरकारी भ्रष्टाचार रोक्न प्रयास गरिरहेका छन् ।

अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीले मंगलबार टेस्लामाथि भएका पछिल्ला हिंस्रक आक्रमणहरूको लहर आन्तरिक आतंकवादभन्दा कम नभएको बताएकी थिइन् ।

उनले सबै आक्रमणकारी र त्यसमा संलग्न सबैलाई कारबाही गर्ने चेतावनीसमेत दिइन् ।

Share News