ऋणीसँग सम्मानजनक व्यवहार गर्न र बजार मूल्यअनुसार धितो लिलाम गर्न निर्देशन

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने व्यक्ति, तिनको परिवार र सम्बन्धित नातेदारसँग सम्मानजनक व्यवहार गर्न, धितोमा उनीहरुको सम्पत्तिको सहि मूल्याङकन गर्न र बजार मूल्यअनुसार लिलाम तथा सकार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।  साथै कर्जा लिँदाका बखतमा गरिएको वाचा विपरित बारम्बार व्याजदरमा वृद्धि नगर्न/नगराउने राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आइतबार [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने व्यक्ति, तिनको परिवार र सम्बन्धित नातेदारसँग सम्मानजनक व्यवहार गर्न, धितोमा उनीहरुको सम्पत्तिको सहि मूल्याङकन गर्न र बजार मूल्यअनुसार लिलाम तथा सकार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।  साथै कर्जा लिँदाका बखतमा गरिएको वाचा विपरित बारम्बार व्याजदरमा वृद्धि नगर्न/नगराउने राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आइतबार निर्देएन दिएको छ ।

२०७३ कात्तिक ८मा सर्वोच्च अदालतबाट भएको फैसला अनुसार कर्जा लिने क्रममा नै ऋणीको सम्पत्तिको सही मूल्याङ्कन हुने बातावरणको सुनिश्चितता गर्ने, धितोमा रहेको सम्पत्ति लिलाम गर्दाको बखतको प्रचलिन बजार मोल अनुसार लिलाम बिक्री तथा सकार गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

‘प्रत्येक ऋणीले ठगी गर्ने नियतवश नै कर्जा लिएको रकम नबुझाएको हो भन्ने मान्यता कर्जा प्रदायक संस्थाले राख्नु उपयुक्त नहुने हुनाले ऋणी र निजका परिवारप्रति सम्मान र सहानुभूति राखी न्यायोचित तवरले कर्जा असुली गर्ने प्रक्रिया थाल्न उपयुक्त हुने हुँदा सो को सुनिश्चितता हुने गरी व्यवस्था मिलाउने’ राष्ट्र बैंकले दिएको निर्देशमा उल्लेख गरिएको छ–‘ऋण असुली प्रक्रिया प्रारम्भ भएपछि ऋणीको परिवारसँग सम्बन्धित अन्य सदस्यहरुको सामाजिक प्रतिष्ठ, इज्जत, सम्मानमा प्रतिकूल प्रभाव नपर्ने गरी आवश्यक व्यवस्था मिलाउने ।’

Share News