काठमााडौं । सगरमाथा फाइनान्स लिमिटेडको संस्थापक समूहतर्फको हकप्रद सेयर विक्रीका लागि भएको वोलपत्रमा लगानीकर्ताको उत्साह देखानन् । यो फाइनान्सले ७ लाख २० हजार ३१८ कित्ता हकप्रद सेयर गत फागुन २६ देखि चैत २ गतेसम्मका लागि बोलकबोलबाट विक्री खुला गरेको थियो ।
यो अवधिमा जम्मा १ लाख ५४ हजार ४० कित्ता सेयरका लागि मात्रै आवदेन परेको छ । बाँकी ५ लाख ६६ हजार २८७ कित्ता संस्थापक सेयरका लागि फाइनान्सले पुनः लिलाम बढाबढ गर्ने गरी बोलपत्र आव्हान गरेको छ ।
यो फाइनान्सले चैत ७ गतेदेखि १५ गतेसम्मको समय दिएको छ । न्युनतम १ सय रुपैयाँमा आवेदन दिन सक्ने गरी यो फाइनान्सले बोलपत्र आव्हान गरेको हो ।
हिमालयन बैंकको १ लाख ४५ हजार कित्ता पनि विक्रीमा
यो बैंकले पनि सर्वसाधारण तर्फको १ लाख ४५ हजार ५८० कित्ता सेयरको लिलाम बढाबढ गर्ने भएको छ । गत चैत १६ गतेसम्मको हकप्रद विक्रीका लागि खुला गरेको भएपनि सो समयमा विक्री नभएपछि बैैंकले यही चैत १० गते देखि १६ गतेसम्मको समय दिएर न्युनतम १ सय रुपैयाँ कबोल गर्ने गरी वोलपत्र आव्हान गरेको छ ।
सेती फाइनान्सको पनि १ लाख ८० हजार कित्ता लिलामीमा
सेती फाइनान्सले पनि १ लाख ८० हजार ३५ कित्ता सेयरको लिलामी गर्ने भएको छ । यो फाइन्सको पनि संस्थापक सेयर विक्री नभएकोले पुनः लिलामी गर्न गर्न लागिएको हो । यो फाइनान्सले आगामी चैत १७ गतेभित्र आवेदन दिनेका लागि यो सेयर विक्री गर्ने भएको छ ।
काष्टमण्डप डेपलपमेन्ट बैंकको पनि १ कित्ता लिलामीमा
यो बैंकले साधारण समूहतर्फको १ लाख ७ हजार ६ सय १ कित्ता हकप्रद सेयरको लागि लिलामी गर्ने भएको छ । यो बैंकले आगामी चैत २८ गतेभित्र आवेदन दिन सक्ने गरी न्युनतम १ सय रुपैयाँमा प्रस्ताव पेश गर्न आवव्हान गरेको छ ।