कसरी सम्भव भयो लोडसेडिङको अन्त्य ?

<p>काठमाडौं । हाल मुलुक लोडसेडिङबाट करिब करिब मुक्त अवस्थामा पुगेको छ । गत बर्ष बेला मुलुक आधार समय अन्धकारमा रहन्थ्यो तर यतिबेला लोडसेडिङ अन्त्य भएर चमत्कार जस्तै भएको छ । आखिर कसरी सम्भव भयो त लोडसेडिङको अन्त्य ? नेपाल विद्युत प्राधिकरणका अनुसार हाल १२५० मेगावाट विद्युतको माग रहेको छ । यो माग धान्नका लागि नेपालको [&hellip;]</p>

काठमाडौं । हाल मुलुक लोडसेडिङबाट करिब करिब मुक्त अवस्थामा पुगेको छ । गत बर्ष बेला मुलुक आधार समय अन्धकारमा रहन्थ्यो तर यतिबेला लोडसेडिङ अन्त्य भएर चमत्कार जस्तै भएको छ । आखिर कसरी सम्भव भयो त लोडसेडिङको अन्त्य ?

नेपाल विद्युत प्राधिकरणका अनुसार हाल १२५० मेगावाट विद्युतको माग रहेको छ । यो माग धान्नका लागि नेपालको आन्तरिक उत्पादन ४९० मेगावाट रहेको छ । जसमा नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका आयोजनाहरुको ३४५ मेगावाट र स्वतन्त्र उर्जा उत्पादकहरुका आयोजनाबाट १४५ मेगावाट विद्युत आपुर्ति भैरहेको छ । त्यस बाहेक भारतबाट दैनिक ३७० मेगावाट विद्युत आयात भैरहेको छ । अझै समग्र मुलुकलाई लोडसेडिङ मुक्त बनाउनका लागि ३७० मेगावाट भन्दा बढि विद्युत अपुग छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हाल काठमाडौं उपत्यकामा लोड सेडिङको अन्त्य गरिएको छ भने उपत्यका बाहिर पनि लोड सेडिङ अत्यन्तै न्युन पारिएको छ । ‘हामीले औद्योगीक क्षेत्रमा साँझ र बिहान ४ घण्टा बिजुली दिएका छैनौं, चुहावट नियन्त्रण गरेका छौं, वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाएका छौं, त्यसैले लोडसेडिङ अन्त्य हुँदै गएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

उर्जा विकास विभागका अनुसार हाल ८९७ मेगावाट कुल क्षमताका ७१ वटा आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । सुख्खायाम भएकाले ति आयोजनाले क्षमताको ५० प्रतिशत भन्दा पनि कम मात्रै विद्युत उत्पादन गर्न सकिरहेका छन् । त्यस्तै, ३५२४ मेगावाट क्षमताका १४० वटा आयोजनाले अनुमति लिएर निर्माणको विभिन्न चरणमा रहेका छन् ।

Share News