भारतमा ल्याम्बोर्गिनी र मर्सिडीज-मेब्याकको बिक्री बढ्दै, धनी र युवापुस्तामा आकर्षण धेरै

<p>काठमाडौं । ल्याम्बोर्गिनी र मर्सिडीज-मेब्याकले भारतमा आफ्नो उपस्थिति विस्तार गर्ने योजना बनाइरहेका छन् । बढ्दो संख्यामा युवा, धनी भारतीयहरूले सुपर लक्जरी कारहरूमा खर्च गरिरहेका छन्, जसले तिनको बिक्रीलाई नयाँ कीर्तिमानमा पुर्‍याएको छ । हालसालै बिक्रीमा नयाँ कीर्तिमान राखेको इटालियन सुपरकार निर्माता ल्याम्बोर्गिनीले भारतमा चौथो शोरूम खोल्ने विषयमा विचार गरिरहेको छ । यता मर्सिडीज-मेब्याकले भारतलाई बिक्रीका [&hellip;]</p>

काठमाडौं । ल्याम्बोर्गिनी र मर्सिडीज-मेब्याकले भारतमा आफ्नो उपस्थिति विस्तार गर्ने योजना बनाइरहेका छन् । बढ्दो संख्यामा युवा, धनी भारतीयहरूले सुपर लक्जरी कारहरूमा खर्च गरिरहेका छन्, जसले तिनको बिक्रीलाई नयाँ कीर्तिमानमा पुर्‍याएको छ ।

हालसालै बिक्रीमा नयाँ कीर्तिमान राखेको इटालियन सुपरकार निर्माता ल्याम्बोर्गिनीले भारतमा चौथो शोरूम खोल्ने विषयमा विचार गरिरहेको छ । यता मर्सिडीज-मेब्याकले भारतलाई बिक्रीका हिसाबले सम्भावित शीर्ष पाँच बजारहरूमध्ये एकको रूपमा हेरिरहेको कम्पनीका अधिकारीहरूले बताएका छन् ।

‘भारत हाम्रो लागि एउटा सम्पत्ति हो… यहाँ भविष्यको लागि ठूलो सम्भावना छ । चौथो डिलरशिप खोल्ने कुरा एक सम्भावना हो, तर यो अहिले प्रारम्भिक चरणमा छ,’ ल्याम्बोर्गिनीका स्टेफन विन्केलमानले भर्चुअल गोलमेच बैठकमा पत्रकारहरूसँग भने ।

उनीहरूका अनुसार यो आशावाद भारतमा ‘पुस्ताको परिवर्तन’ र ‘युवा ग्राहकहरूबाट आएको गति’ द्वारा प्रेरित छ । भारतमा ल्याम्बोर्गिनी किन्ने व्यक्तिको औसत उमेर ४० वर्षभन्दा कम छ- जसले चीनपछि भारतलाई सबैभन्दा कम उमेरको बजार बनाउँछ ।

‘भारतमा धेरै स्टार्टअपहरू छन्, जुन निकै सफल छन् । यहाँ धेरै युवा, धनवान व्यक्तिहरू छन्, जो यस्तो प्रकारका कारहरूमा आकर्षित छन् । त्यसैले यो हामीलाई सकारात्मक संकेत हो,’ उनले भने ।

भारतको तीव्र आर्थिक वृद्धिले यसको युवापुस्तामा लक्जरी खरीदतर्फको दृष्टिकोणमा एउटा मौलिक परिवर्तन ल्याएको छ जुन उनका जेठा पुस्ताभन्दा फरक छ ।

भारतमा लक्जरी कार बिक्रीले वार्षिक ४ मिलियन सवारीसाधन बजारको मात्र १ प्रतिशतभन्दा अलिक बढी हिस्सा ओगट्छ र सुपर लक्जरी कारहरू झनै सानो प्रतिशतमा छन् ।

ल्याम्बोर्गिनीले २०२४ मा भारतमा ११३ कारहरू बिक्री गरेको छ, जुन २०२३ भन्दा १० प्रतिशत बढी हो । यो बिक्री आजसम्मकै उच्च हो । यो वर्ष फेरि वृद्धि हुने अपेक्षा छ किनकि अर्डर बुक १८ महिनासम्म मजबुत छ ।

उरुस एसयूभीले बिक्रीको आधा हिस्सा ओगटेको छ । जसको सुरुवाती मूल्य करबाहेक लगभग ५ लाख डलर छ । बाँकी हुराकान र रेभुएल्टो स्पोट्र्स कारहरूबाट आएको छ ।

मर्सिडीज–मेब्याकले भारतमा २०२४ मा १४५ प्रतिशत वृद्धि हासिल गरेको छ । यसको सुपर लक्जरी कारहरूको मूल्य ३ लाख २५ हजारभन्दा माथि छ । यसले एकै वर्षमा ५०० गाडी बिक्री गरेको छ ।

मर्सिडीज–मेब्याकका प्रमुख डेनियल लेस्कोले भने, ‘भारत पहिले नै यसको शीर्ष १० बजारमा छ र शीर्ष पाँचमा पर्न सक्ने सम्भावना छ तर वृद्धिको गति लक्जरी बजार कसरी विकास हुन्छ भन्नेमा निर्भर हुनेछ ।’

‘म विश्वस्त छु, यहाँ अझ धेरै सम्भावना छ… यति धेरै अवसरहरू छन्,’ लेस्कोले थपे । (एजेन्सीहरूको सहयोगमा)

हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने

निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा

मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै

Share News