‍‍बिटकोइन र डोजकोइनलाई पछि पार्दै रिपलले दियो एक वर्षमा ३ सय प्रतिशत प्रतिफल

<p>काठमाडौं । क्रिप्टोकरेन्सीमा पैसा जसरी छिटो बढ्छ, त्यस्तैगरी छिटो घट्न पनि सक्छ । धेरै विशेषज्ञहरूको भनाइ छ कि यदि तपाईं क्रिप्टोकरेन्सीमा लगानी गर्ने योजना बनाउँदै हुनुहुन्छ भने तपाईंले उत्कृष्ट क्रिप्टोकरेन्सीमा मात्र लगानी गर्नुहोस् । यसका लागि महत्त्वपूर्ण कुरा भनेको लगानी कम्तीमा पनि एक वर्षको लागि गर्नु हो । एक वर्षमा त्यस्ता धेरै क्रिप्टोकरेन्सीहरू छन् जसले [&hellip;]</p>

काठमाडौं । क्रिप्टोकरेन्सीमा पैसा जसरी छिटो बढ्छ, त्यस्तैगरी छिटो घट्न पनि सक्छ । धेरै विशेषज्ञहरूको भनाइ छ कि यदि तपाईं क्रिप्टोकरेन्सीमा लगानी गर्ने योजना बनाउँदै हुनुहुन्छ भने तपाईंले उत्कृष्ट क्रिप्टोकरेन्सीमा मात्र लगानी गर्नुहोस् । यसका लागि महत्त्वपूर्ण कुरा भनेको लगानी कम्तीमा पनि एक वर्षको लागि गर्नु हो ।

एक वर्षमा त्यस्ता धेरै क्रिप्टोकरेन्सीहरू छन् जसले राम्रो रिटर्न (प्रतिफल) दिएका छन् । त्यसै क्रममा एक क्रिप्टोकरेन्सीले अद्भूत काम गरेको छ । यसले प्रतिफलकाे मामिलामा बिटकोइन र डगकोइनजस्ता क्रिप्टोकरेन्सीलाई पछाडि पारिदिएको छ । यस क्रिप्टोकरेन्सीको नाम रिपल हो ।

एक वर्षमा बिटकोइन र डोजकोइनले पनि लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिएका छन्, तर यीमध्ये कुनै पनि क्रिप्टोले ५० प्रतिशतको प्रतिफल पार गर्न सक्दैनन् । तर रिपलले एक वर्षमा अत्यधिक प्रतिफल दिएको छ । यो प्रतिफल ५० वा १०० प्रतिशत होइन, बरु करिब ३०० प्रतिशत छ । यसको मतलब रिपल क्रिप्टोकरेन्सीले एक वर्षमा १ लाख रुपैयाँबाट लगभग ४ लाख रुपैयाँ बनाएको छ ।

बिटकोइनको कति रिटर्न ?

बिटकोइन अहिलेसम्मको सबैभन्दा महँगो क्रिप्टोकरेन्सी हो । कोइनमार्केटक्यापअनुसार यसको मूल्य ८४ हजार डलरभन्दा बढी छ ।

पछिल्लो एक महिनाको कुरा गर्ने हो भने यसमा १३ प्रतिशतभन्दा बढी घाटा भएको छ । यद्यपि, एक वर्षमा यसले लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिएको छ । एक वर्षमा यसको प्रतिफल ३० प्रतिशतभन्दा बढी रहेको छ ।

डोजकोइनबाट कति फाइदा ?

डोजकोइनको मूल्य निकै कम (एक डलरभन्दा कम) छ । कोइनमार्केटक्यापअनुसार ०.१६ डलर रहेको छ ।

एक महिनामा यसको मूल्य ३० प्रतिशतभन्दा बढी घटेको छ । यदि एक वर्षको कुरा गर्ने हो भने यसले लगानीकर्ताहरूलाई केही फाइदा भएको छ । एक वर्षमा यसले लगभग ११ प्रतिशत प्रतिफल दिएको छ ।

रिपलको कति ?

रिपल क्रिप्टोकरेन्सी हालका केही समयदेखि लगानीकर्ताहरूको मनपर्ने क्रिप्टो बनेको छ । यसले यो महिनामा लगानीकर्ताहरूलाई निराश बनाए पनि एक वर्षमा यसको प्रतिफल आश्चर्यजनक रूपमा राम्रो रहेको छ । एक वर्षमा यसले लगभग ३०० प्रतिशत प्रतिफल दिएको छ ।

Share News