भू-राजनीतिक तनावका बीच विदेशी लगानी आकर्षित गर्न चीन उत्सुक

<p>काठमाडौं । बढ्दो भू-राजनीतिक तनावका बीच विदेशी लगानी आकर्षित गर्न चीन उत्सुक हुँदै गएको छ । किनकि नीति निर्माताहरू अमेरिकी शुल्कको प्रभावलाई सन्तुलन गर्न सुस्ताउँदै गएको अर्थतन्त्रमा घरेलु उपभोगलाई बढावा दिन खोजिरहेका छन् । यसैक्रममा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले आइतबार एप्पल, फाइजर, मास्टरकार्ड, कार्गिल र अन्य कम्पनीका प्रमुखहरूसँग भेटघाट गरेका छन् । उक्त भेटमा उनले [&hellip;]</p>

काठमाडौं । बढ्दो भू-राजनीतिक तनावका बीच विदेशी लगानी आकर्षित गर्न चीन उत्सुक हुँदै गएको छ । किनकि नीति निर्माताहरू अमेरिकी शुल्कको प्रभावलाई सन्तुलन गर्न सुस्ताउँदै गएको अर्थतन्त्रमा घरेलु उपभोगलाई बढावा दिन खोजिरहेका छन् ।

यसैक्रममा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले आइतबार एप्पल, फाइजर, मास्टरकार्ड, कार्गिल र अन्य कम्पनीका प्रमुखहरूसँग भेटघाट गरेका छन् । उक्त भेटमा उनले देशको व्यापारिक सम्भावनाका बारेमा बताएका थिए ।

लिफेङले औषधी कम्पनी इली लिली, चिकित्सा उपकरण कम्पनी मेड्ट्रोनिक र विशेष प्रकारको सिसा उत्पादन गर्ने कम्पनी कोर्निङसँग पनि भेट गरेको वाणिज्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।

‘चीनले व्यापारिक वातावरणलाई निरन्तर सुधार गर्नेछ र चीनमा बहुराष्ट्रिय कम्पनीहरूको थप लगानीलाई स्वागत गर्नेछ । चीनको अर्थतन्त्र ‘अत्यधिक लचिलो’ र ‘ऊर्जाले भरिएको’ छ,’ हेले व्यावसायिक नेताहरूलाई भने ।

वक्तव्यमा उनीहरू कहाँ भेटिए भन्ने उल्लेख गरिएको थिएन । धेरै विदेशी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू आइतबार र सोमबार एक व्यापार मञ्चमा भाग लिन बेइजिङमा छन् ।

केहीले शुक्रबार राष्ट्रपति सी जिनपिङसँग भेट्ने अपेक्षा गरिएको बताइएको छ ।

लगानी प्रोत्साहित गर्न थप पहलस्वरूप चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले स्मार्टफोन निर्माता एप्पललाई चीनसँग आपूर्ति श्रृंखला सहयोगलाई अझ मजबुत बनाउन स्वागत योग्य भएको बताएको छ । परिषद्का अध्यक्ष रेन होङबिनले आइतबार एप्पलका सीईओ टिम कुकसँग भेट गरे ।

China Development Forum in Beijing

ट्रम्प प्रशासनले जनवरीमा कार्यभार सम्हालेपछि सबै चिनियाँ सामानहरूमा २० प्रतिशत शुल्क लगाएको छ । जसले दुबै देशबीचको सम्बन्ध तनावग्रस्त बनाएको छ । बेइजिङले संयुक्त राज्यमा फेन्टानाइलको प्रवाहलाई रोक्न पर्याप्त प्रयास नगरेको आरोप लगाउँदै अमेरिकाले ट्यारिफ लगाएको हो ।

चीन विकास मञ्चमा चिनियाँ प्रधानमन्त्री ली छियाङले आइतबार देशहरूलाई ‘बढ्दो अस्थिरता र अनिश्चितता’ विरुद्ध लड्न आफ्ना बजारहरू खुला गर्न आग्रह गरे र थप सक्रिय समष्टिगत आर्थिक नीतिहरूको वाचा गरे ।

आइतबार लीले राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक रिपब्लिकन सिनेटर स्टिभ डेनेससहित सात जना अमेरिकी कम्पनीका वरिष्ठ कार्यकारीहरूसँग भेटे ।

डेनेसले उक्त भेटलाई अमेरिकी कम्पनीहरूले चीनको व्यापारिक वातावरणमा आफ्ना विचारहरू प्रत्यक्ष रूपमा व्यक्त गर्न अवसरको रूपमा वर्णन गरे ।

यस वर्ष फोरममा २१ देशका ८६ कम्पनीका प्रतिनिधिहरू सहभागी भएका छन् जसमा अमेरिकी कम्पनीहरू सबैभन्दा ठूलो समूह बनेको छ ।

एउटा स्रोतका अनुसार गत वर्षको तुलनामा यस पटक फोरममा सहभागी अमेरिकी सीईओहरूको संख्या कम छ ।

तर केही सीईओहरू चीनमा लगानी र व्यापार गर्नका लागि आशावादी देखिएको ग्लोबल टाइम्सले जनाएको छ ।

‘पक्कै पनि हामी चीनको विकासमा विश्वास राख्छौं । हामीले चीनमा दशकौंदेखि लगातार लगानी गर्दै आएका छौं र हामी आगामी दशकहरूमा पनि जारी राख्नेछौं,’ कोर्निङका सीईओ वेन्डेल वीक्सले भने ।

अमेरिकी प्रत्यक्ष–बिक्री कम्पनी एमवेका प्रमुख कार्यकारी माइकल नेल्सनले ग्लोबल टाइम्सका अनुसार कम्पनीले चिनियाँ बजारको भविष्यमा ध्यान केन्द्रित गरिरहेको बताए । (एजेन्सीहरूको सहयोगमा)

चीनलाई अमेरिकी ट्यारिफ भुसुनासरह

Share News