त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला विजयी

काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का गोविन्द कोइराला निर्वाचित भएका छन् ।

सामुहिक वाम गठबन्धनलाई पराजित गर्दै नेविसंघका उम्मेदवारहरूले प्रमुख पदहरूमा विजय हासिल गरेका छन् । अध्यक्षसहित सचिव र कोषाध्यक्ष पदमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छन् ।

स्ववियु सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम (थोमस) निर्वाचित भएका छन् ।

सबै बुथको मतगणना एकीकृत गरिने प्रक्रिया जारी रहेको बताइएको छ । निर्वाचन समितिले औपचारिक रूपमा नतिजा घोषणा गर्न बाँकी रहेको भए पनि नेविसंघका उम्मेदवारहरू अग्रस्थानमा रहेको पुष्टि भइसकेको छ ।

Share News