काठमाडौं । नेपालको लक्जरी इलेक्ट्रिक भेइकल (इभी) ब्रान्ड दिपलले पहिलो वर्ष उल्लेखनीय उपलब्धिहरू र महत्वपूर्ण कोशेढुंगाहरू पार गर्दै मनाएको छ ।
कम्पनीका अनुसार नेपालमा सार्वजनिक भएको एक वर्षमै ८०० भन्दा बढी ग्राहकको मन जित्दै, दिपल नेपालको नम्बर १ लक्जरी इभी ब्रान्ड बन्न सफल भएको छ । ग्राहकहरूको विश्वास र समर्थनका कारण, एमएडब्लु वृद्धि अटोकर्पले इलेक्ट्रिक मोबिलिटी र इनोभेसनमा आफ्नो स्थान बलियो बनाएको छ ।
दिपलले एस०७, एल०७, एस०७ एल, र ई०७ गरी चार अत्याधुनिक इभी मोडेलहरू सार्वजनिक गरिसकेको छ । यी मोडेलहरूमा ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी उद्योगमै पहिलो पटक उपलब्ध भएका प्रविधिहरू समावेश छन् । दिपलले इभीबाट ग्राहकहरूले गर्न सक्ने अपेक्षालाई नयाँ परिभाषा दिएको छ ।
दिपलले नेपालभर ९६ भन्दा बढी स्थानमा चार्जिङ स्टेसनहरू सञ्चालन गरिरहेको छ । यो नेपालकै सबैभन्दा ठूलो इभी चार्जिङ नेटवर्क हो, जसले इलेक्ट्रिक मोबिलिटीलाई थप सहज र भरपर्दो बनाएको छ ।
नेपालका चर्चित व्यक्तित्वहरू दिपलसँग जोडिएका छन् । पूर्व क्रिकेट कप्तान पारस खड्का दिपलको ब्रान्ड एम्बासडर बनेका छन् ।
नीति शाह, सन्दीप क्षेत्री, प्रतिश जिसी, सुशान्त केसी, स्वेता खड्का, जोन चाम्लिङ राई जस्ता ३० भन्दा बढी चर्चित सेलिब्रिटी र खेलाडीहरूले दिपललाई आफ्नो यात्राको साथी बनाएका छन् । क्रिकेट लेजेन्ड ब्रायन लारा र बलिउड गायक सोनु निगमलाई नेपाल ल्याएर दिपलले आफ्नो ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरेको कम्पनीको भनाइ छ ।
दिपलको नवप्रवर्तन र प्रभावशाली बजार यात्रालाई विभिन्न सम्मानले समेत मान्यता दिएको छ ।
सार्वजनिक भएको पहिलो वर्षमा एमएडब्लु वृद्धिले चांगान अटोबाट नेपालमा ‘इभी इनोभेसन’मार्फत ‘ग्रिन मोबिलिटी’मा योगदान पुर्याएको भन्दै ‘सांग्रिला न्यु इनर्जी अवार्ड‘ पाएको थियो । यसबाहेक ‘टेकलेख’ले दिपल एस०७ लाई ‘एसयुभी अफ द इयर २०२४’ बाट सम्मान गरेको थियो ।
दोस्रो वर्षमा प्रवेश गर्दै दिपल ब्रान्डले इलेक्ट्रिक मोबिलिटीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । कम्पनीले नेपाली बजारमा नवीनतम प्रविधि भित्र्याउने, चार्जिङ पूर्वाधारलाई अझ बलियो बनाउने र ग्राहकहरूको सन्तुष्टि पहिलो प्राथमिकता राख्ने योजना अघि सारेको छ ।