काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यकाको आकाश धुम्म भएको छ । वायु प्रदूषणले आकाश धुम्मिएको विज्ञहरू बताउँछन् ।
प्रदूषणले नागरिकलाई घर बाहिर निस्कन समेत समस्या भएको छ । बाहिर निस्कँदा आँखा पोल्ने, घाँटी खसखसाउने, श्वास फेर्नसमेत गाह्रो हुने गरेको छ ।
प्रदूषणले गम्भीर समस्या निम्त्याउने चिकित्सकहरू बताउँछन् ।
प्रदूषणले गर्दा अस्पतालमा बिरामीको चाप बढेको छ भने अस्पताल पुग्ने अधिकांशमा रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने आँखा पोल्ने, टाउको दुख्ने लगायतका समस्या देखिएका छन् ।
चिकित्सकहरू यस्तो अवस्थामा आवश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कनै परे पनि चस्मा र माक्स अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन् ।
तस्बिरहरू : नरेश बोहरा/विकासन्यूज