काठमाडौं । स्वीडेनको एबी भोल्भोले मेक्सिकोको उत्तरमा रहेको न्युभो लिओन राज्यमा निर्माणाधीन ट्रक कारखानामा लगानी बढाएर १ अर्ब डलर पुर्याउने भएको छ । मेक्सिकोका अर्थमन्त्री मार्सेलो एब्रार्डले बिहीबार उक्त जानकारी दिएका हुन् ।
भोल्भोले अगष्ट महिनामा मेक्सिकोको उत्तरी औद्योगिक केन्द्र मोन्टेरेको छेउमा रहेको स्थानलाई आफ्नो नयाँ उत्तर अमेरिकी भारी ट्रक कारखानाका लागि चयन गरेको घोषणा गरेको थियो । उक्तबेला यसको निर्माण लागत ७० करोड डलर अनुमान गरिएको थियो ।
'गजब समाचार !' एब्रार्डले एक्स (पूर्व ट्वीटर) मा पोस्ट गर्दै भोल्भोको मुख्यालय स्वीडेनबाट उच्च लगानीको निर्णयबारे जानकारी पाएको बताएका छन् ।
उक्त कारखानाबाट उत्पादन सन् २०२६ मा सुरु हुने अपेक्षा गरिएको छ ।