ट्रम्पले गरे ६६ करोड ७५ लाख रुपैयाँको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक

वाशिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा पहिलो ‘गोल्ड कार्ड’ भिसा अनावरण गरेका छन् । जसको मूल्य ५० लाख अमेरिकी डलर (६६ करोड ७५ लाख रुपैयाँ) राखिएको छ ।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भने, 'विशेष भिसा सम्भवतः दुई हप्ताभन्दा कम समयमा उपलब्ध हुनेछ ।'

उनले आफैं पहिलो खरीदकर्ता भएको घोषणा गर्दै नयाँ भिसा कार्यक्रमलाई 'अमेरिकी नागरिकताको अत्यधिक मूल्यवान् मार्ग' भनेर वर्णन गरे ।

ट्रम्पका अनुसार परम्परागत ग्रिन कार्डको उच्च मूल्य संस्करणको रूपमा ल्याइएको ‘गोल्ड कार्ड’ भिसा बिक्रीबाट संकलित रकमलाई रोजगारी सिर्जना र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गरिनेछ ।

फेब्रुअरीमा गरिएको घोषणाअनुसार, ट्रम्प प्रशासनले सम्भवतः १० लाख ‘गोल्ड कार्ड’ भिसा बिक्री गर्ने लक्ष्य राखेको छ ।

ट्रम्पले यस योजनामा रूसी कुलीन वर्गहरूलाई समेत समेट्न सकिने सम्भावना रहेको विषयलाई पूर्णरूपमा अस्वीकार नगरेको बताएका छन् ।

यो नयाँ भिसा कार्यक्रमलाई ट्रम्पको राष्ट्रपति पुनःनिर्वाचन अभियानको महत्वपूर्ण रणनीति को रूपमा हेरिएको छ । जसमा उनले लाखौँ कागजातविहीन आप्रवासीलाई देशनिकाला गर्ने नीति अघि सारेका छन् ।


 

Share News