बेलायतको ज्यागुआर ल्याण्ड रोभरले आफ्ना गाडी अमेरिका नपठाउने

काठमाडौं । ज्यागुआर ल्याण्ड रोभरले एक महिनाका लागि बेलायतमा निर्माण गरिएका कारहरूको अमेरिका निर्यात रोक्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २५ प्रतिशत भन्सार महसुलको लागतलाई कसरी न्यून पार्ने भन्नेबारे विचार गरिरहेका बेला कम्पनीले यस्तो निर्णय गरेको हो । 

भारतको टाटा मोटर्सको स्वामित्वमा रहेको ज्यागुआर ल्याण्ड रोभरले टाइम्स पत्रिकाले यसबारेमा समाचार प्रशारण गरेपछि अस्थायी रूपमा निर्यात रोकेको कुरा शनिबार पुष्टि गरेको हो ।

'हाम्रा व्यापार साझेदारहरूसँगको नयाँ व्यापार सर्तहरूलाई सम्बोधन गर्न हामीले केही छोटो अवधिका कदमहरू चालिरहेका छौं जसमा अप्रिल महिनामा ढुवानी रोक्ने निर्णय पनि पर्दछ,' कम्पनीले इमेलमार्फत दिएको विज्ञप्तिमा भनिएको छ ।

null

बेलायतको कार उद्योग जसमा प्रत्यक्ष रूपमा २ लाख मानिस कार्यरत छन् । कम्पनी नयाँ भन्सार महसुलप्रति निकै संवेदनशील छ । अमेरिकी बजार युरोपेली आयोग (यूएन) पछि बेलायती कारहरूको दोस्रो सबैभन्दा ठूलो आयातकर्ता हो, जसको हिस्सा करिब २० प्रतिशत छ । 

बेलायतमा सबैभन्दा ठूलो उत्पादन गर्ने कम्पनीमध्ये एक ज्यागुआर ल्याण्ड रोभरले आफ्नो विज्ञप्तिमा अमेरिकालाई आफ्ना लक्जरी ब्रान्डहरूका लागि महत्त्वपूर्ण बजार भएको बताएको छ । कम्पनीले वार्षिक रूपमा ४ लाख वटा रेन्ज रोभर स्पोर्ट, डिफेन्डर र अन्य मोडेलहरू बिक्री गर्छ र तीमध्ये झन्डै एक चौथाइ अमेरिकी बजारमा निर्यात गरिन्छ ।

अमेरिकामा आयात गरिएका कार तथा लाइट ट्रकहरूमा २५ प्रतिशत भन्सार महसुल अप्रिल ३ बाट लागू भएको हो ।

बेलायतले भने अमेरिकासँग व्यापार सम्झौता गर्न केन्द्रित रहेको जनाएको छ ।

टाइम्सले जनाएअनुसार ज्यागुआर ल्याण्ड रोभरसँग अमेरिकामा केही महिनाको लागि पुग्ने पर्याप्त स्टक पहिले नै छ, जसमा नयाँ भन्सार महसुल लागू हुने छैन ।

यता  निसान मोटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका अटो ट्यारिफहरू पछि मेक्सिकोमा बनेका दुई इन्फिनिटी एसयूभीहरूको लागि अमेरिकाबाट नयाँ अर्डरहरू नलिने निर्णय गरेको छ ।

जापानी अटोमेकर निसानले अब मेक्सिकोमा मर्सिडिज–बेन्जसँग मिलेर सञ्चालन गरिएको कम्पास प्लान्टमा उत्पादन गरिएका इन्फिनिटी क्यूएक्स फिफ्टी र क्यूएक्स फिफ्टी फाइभ एसयूभीहरूको लागि अमेरिकी बजारको थप अर्डर स्वीकार नगरिने जनाएको छ । तर, अन्य बजारहरूका लागि ती मोडेलहरूको उत्पादन जारी रहने बताइएको छ ।

ट्रम्पको ट्यारिफपश्चात विभिन्न अटो निर्माताहरूले विभिन्न कदम उठाइरहेका छन् । ट्यारिफले अटो उद्योगलाई निकै घाटा हुने विज्ञहरूले चेतावनी दिएका छन् ।

Share News