काठमाडौं । समता घरेलु लघुवित्त वितिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. मदन घिमिरे नियुक्त भएका छन् । लघुवित्तको २२ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका सचिव विश्वराज श्रेष्ठले सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मार्फत उनको नियुक्तिको जानकारी गराएका हुन् । उनकाअनुसार डा. घिमिरेको कार्यकाल आगामी वैशाख १ गतेदेखि सुरु भई चार वर्षका लागि रहनेछ ।