काठमाडौं । जर्मन कार निर्माता कम्पनी मर्सिडीज-बेन्जले सोमबार जनाएअनुसार चीन र युरोपमा घट्दो मागका कारण कम्पनीका कार र भ्यानको पहिलो त्रैमासिक बिक्री ७ प्रतिशतले घटेको छ ।
कम्पनीको भनाइअनुसार जनवरीदेखि मार्चसम्मको अवधिमा कार र भ्यानको डेलिभरी ५ लाख २९ हजार २०० युनिटमा झर्यो, जुन अघिल्लो वर्षको सोही अवधिमा ५ लाख ६८ हजार ४०० युनिट थियो । यस्तै, ब्याट्री इलेक्ट्रिक गाडीको बिक्री अझै तीव्र गतिमा १० प्रतिशतले घटेर ५० हजार ५०० बाट ४५ हजार ५०० युनिटमा सीमित भयो।
मर्सिडीज कार युनिटको अमेरिका भित्रको पहिलो त्रैमासिक बिक्री १ प्रतिशतले बढेको छ भने चीनमा १०% ले घटेको छ । जर्मनी र युरोपमा क्रमशः १० प्रतिशत र ७ प्रतिशतले बिक्री घटेको कम्पनीले थप जानकारी दिएको छ ।