काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको नेटवर्थमा हालै भारी गिरावट आएको छ। सोमबार अमेरिकी सेयर बजारमा उकालो देखिए पनि टेस्लाको सेयर घट्यो। जसले गर्दा मस्कको नेटवर्थमा ४.३९ अर्ब डलरको गिरावट आयो । यस वर्षमात्र उनको नेटवर्थमा १३५ अर्ब डलरको गिरावट आइसकेको छ। अहिले उनको नेटवर्थ २९८ अर्ब डलरमा झरेको छ।
यसैबीच वासिंगटन पोस्टको रिपोर्टअनुसार मस्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी नयाँ ट्यारिफहरू फिर्ता लिन आग्रह गरेका छन् । ट्रम्पले हालै झण्डै ६० देशहरूमा ट्यारिफ लगाउने घोषणा गरेका थिए । यतिमात्र होइन, सोमबार उनले चीनबाट आउने सामानमा ५० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने चेतावनीसमेत दिएका थिए । यसरी अब चिनियाँ सामानमा कुल ट्यारिफ १०४ प्रतिशत पुग्नेछ ।
रिपोर्टअनुसार मस्कले ट्रम्पको ट्यारिफको विरोध गरेका थिए र सिधै राष्ट्रपति ट्रम्पलाई प्रभावित गर्ने प्रयास पनि गरेका थिए । स्रोतहरूको भनाइअनुसार मस्कले ट्रम्पसँग प्रत्यक्ष कुरा गरेका थिए, तर त्यो प्रयास असफल भएको देखिन्छ । ट्रम्पले संवादका लागि केही खुलापन देखाए पनि आफ्ना योजनामा अडिग रहेका छन् । उनले गएको साता करिब ६० देशहरूमा ट्यारिफ लगाउने घोषणा गरेका थिए र चीनमाथि थप ३४ प्रतिशतको ट्यारिफ लगाइएको थियो ।
चीनसँगको सम्बन्ध
यो पहिलो पटक होइन जब मस्क र ट्रम्प व्यापार नीतिमा आमनेसामने भएका हुन् । सन् २०२० मा पनि टेस्लाले ट्रम्प प्रशासनको ट्यारिफविरुद्ध मुद्दा हालेको थियो । सुरुमा मस्कले यस कदमको समर्थन गरेका थिए, तर पछि उनी विरोधमा उत्रिए ।
रिपोर्टअनुसार उनले त्यसपछि आफ्ना कर्मचारीहरूलाई समेत थर्काएका थिए । यस मुद्दाको कारण मस्कको धेरै आलोचना भएको थियो । धेरैले भनेका थिए कि मस्क चीनसँग धेरै मिल्ने गर्छन् र ट्रम्पको 'अमेरिका फर्स्ट' नीतिलाई कमजोर बनाइरहेका छन् ।
नयाँ ट्यारिफका कारण मस्कका धेरै सहयोगीहरू चिन्तित छन् । केहीले ट्रम्पका अधिकारीहरूसँग अपील पनि गरेका छन् । मस्कका पुराना साथी र लगानीकर्ता जो लोन्सडेलले भनेका छन् कि उनले ट्रम्प प्रशासनमा रहेका साथीहरूलाई भनेका छन् - यी ट्यारिफहरू चीनको तुलनामा अमेरिकी कम्पनीहरूलाई नै बढी नोक्सान पुर्याउँछन् ।
वासिंगटन पाेस्टका अनुसार केही व्यावसायीक नेताहरूले अनौपचारिक समूह बनाएर ट्रम्प प्रशासनलाई व्यापार नीति केही नरम पार्न आग्रह गरिरहेका छन् ।
ट्रम्पको शुल्कविरुद्ध 'अन्त्यसम्म लड्ने' चीनको घोषणा
अमेरिकी ट्यारिफविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै युरोपेली देश