नेपाल आयल निगमको नाफा साढे ९ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । निगमको ४३ औँ वार्षिक साधारण सभामा सो जानकारी दिइएको हो ।

निगमले गत आवमा ३ खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेकोमा ३ खर्ब ६४ अर्ब ५२ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो । 

निगमले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३ खर्ब ८३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्री वितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउँदै आइरहेको छ ।

Share News