काठमाडौं । विसं २०७२ वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गयो । उक्त भूकम्प र त्यसपछिको पराकम्पमा परी ८ हजार ६ सय ५४ जनाले ज्यान गुमाए ।
२२ हजार ३०९ जना घाइते हुनुका साथै ५ लाख ११ हजार ३९० घर ध्वस्त भए र २ लाख ८६ हजार ७६७ घर आंशिक रूपमा क्षतिग्रस्त भए ।
भत्किएका धेरै घरको पुनःनिर्माण सम्पन्न भए पनि चिसाेपानीमा भने हालत उस्तै छ । त्यहाँका घर तथा होटलहरू अझै पनि भग्नावस्थामा रहेका छन् । भूकम्प गएको १० वर्ष पुग्दैछ तर ती संरचनाको पुनःनिर्माण हुन सकेको छैन ।
नुवाकोटका शिवपुरी गाउँपालिका–१ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ३ को सिमानामा चिसाेपानी पर्दछ ।
त्यस क्षेत्रका कुल २५ घर भूकम्पले क्षति गरेको थियो ।
तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज