चीनले बनायो संसारकै सबैभन्दा तेज हार्ड ड्राइभ, एआई कम्प्युटिङ नयाँ क्रान्ति ल्याउन सक्ने

काठमाडौं । चीन प्रविधिको विषयमा विश्वका विभिन्न देशभन्दा धेरै अगाडि  छ । चिनियाँ अनुसन्धानकर्ताहरूले हालसालै संसारकै सबैभन्दा तेज हार्ड ड्राइभ (फ्ल्यास मेमोरी) बनाएका छन् । यसको नाम पोक्सियाओ राखिएको छ ।

दाबी गरिन्छ कि यो मेमोरीले मात्र ४०० पिकोसेकेन्डमा डेटा डिलिट वा फेरि लेख्न सक्छ । पिकोसेकेन्ड भनेको एक सेकेन्डको एक खर्बौं भाग हो भन्ने बुझ्नुपर्छ । यो कुरा सुन्दा नै थाहा हुन्छ कि चिनियाँ वैज्ञानिकहरूले कत्तिको ठूलो उपलब्धि हासिल गरेका छन् । भनिएको छ कि यो आविष्कारले कृत्रिम बौद्धिकता (एआई) कम्प्युटिङ र डेटा स्टोरेजको दुनियाँमा नयाँ क्रान्ति ल्याउन सक्छ ।

अब बदलिनेछ स्टोरेज सिस्टम

चीनको शाङ्घाईस्थित फुडन विश्वविद्यालयले यस आविष्कारबारे लेख लेखेको छ । त्यसमा भनिएको छ कि यदि यो स्टोरेज सिस्टमलाई ठूलो स्तरमा प्रयोग गरियो भने संसारको स्टोरेज सिस्टम नै परिवर्तन हुन सक्छ । लेखमा दाबी गरिएको छ कि यो प्रविधि हालसम्मको सबैभन्दा छिटो सेमिकन्डक्टर स्टोरेज टेक्नोलोजी हो । 

ध्यान दिनुपर्ने कुरा के हो भने यही विश्वविद्यालयले यसलाई विकास गरेको हो । पोक्सियाओले साधारण हार्ड ड्राइभभन्दा एक लाख गुणा छिटो काम गर्न सक्छ भन्ने दाबी गरिएको छ । 

एआईसम्बन्धी काममा झन छिटो

यो हार्ड ड्राइभ मेमोरी र कम्प्युटिङबीचको ग्याप घटाउनका लागि बनाइएको हो । सरल भाषामा भन्नुपर्दा यसले एआई प्रोसेसिङमा लाग्ने समय घटाउन सक्छ । उदाहरणका लागि तपाईं अहिले कुनै फोटो वा भिडियो बनाउन एआई प्रयोग गर्नुहुन्छ भने त्यसले केही समय लिन्छ । भिडियो प्रोसेसिङमा त अझ धेरै लाग्छ । तर पोक्सियाओ प्रयोग गर्दा यस्तो प्रोसेसिङ झट्टै हुन सक्छ । जसले गर्दा तपाईंले प्रोम्प्ट दिएपछि च्याटजीपीटीजस्तो टुलले तुरुन्तै काम गर्न थाल्नेछ र फोटो वा भिडियो तुरुन्त तयार हुनेछ।

अझै विकास हुन बाँकी

रिपोर्ट अनुसार पोक्सियाओ अहिले प्रोटोटाइप स्टेजमा छ । अर्थात् यसको ठूलो मात्रामा उत्पादन भएको छैन । हाल यसको स्टोरेज क्षमता पनि कम छ । यद्यपि अनुसन्धानकर्ताहरूको विश्वास छ कि यदि उनीहरूको अनुसन्धान सफल भयो भने यो भविष्यमा अझ ठूलो स्टोरेज क्षमतासहित बजारमा आउनेछ । सेमिकन्डक्टर र एआईको क्षेत्रमा यसको उपयोगिता निकै हुने आशा गरिएको छ ।

Share News