एसएमएल इसुजुको एकमात्र बिक्रेता बन्यो लक्ष्मी ग्रुप, स्पेयर पार्ट्सको उपलब्धता देशैभर सुनिश्चित गर्ने

काठमाडौं । जापानी प्रविधिमा आधारित तथा भारतमा उत्पादित बस तथा ट्रक निर्माण कम्पनी एसएमएल इसुजुले नेपालको लागि लक्ष्मी ग्रुपलाई आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको छ ।

नेपालको भूगोल र बजारका लागि उपयुक्त मानिने एसएमएल इसुजुका सवारी साधन विगत लामो समयदेखि नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन् । आधिकारिक बिक्रेता बनेसँगै लक्ष्मी कमर्सियल भेहिकल्सले बजार विस्तार र सुदृढीकरणमा आक्रामक ढंगले अघि बढ्ने जनाएको छ ।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले विगत सात वर्षदेखि एसएमएल इसुजुका सवारी साधनहरू बिक्री गर्दै आएको छ । हाल सातै प्रदेशमा यसको सेल्स तथा सर्भिस नेटवर्क विस्तार भइसकेको र आगामी दिनमा अझै व्यापक बनाइने योजना रहेको कम्पनीका सेल्स हेड सञ्जय खड्काले जानकारी दिए ।

उनका अनुसार ग्राहकहरूको सहजताका लागि देशभर स्पेयर पार्ट्सको सुनिश्चित उपलब्धता गराउने प्रतिबद्धता कम्पनीले लिएको छ । 'हामीले देखाएको समर्पण, प्रतिबद्धता र मेहनतलाई मध्यनजर गर्दै एसएमएल इसुजुले हामीलाई एकमात्र आधिकारिक वितरकको जिम्मेवारी दिएको हो,' खड्काले बताए ।

एसएमएल इसुजुले नेपाली बजारमा लाइट तथा मिडियम ट्रक, टिप्पर, स्कुल बस तथा स्टाफ बस लगायत विभिन्न क्षमताका सवारीसाधन उपलब्ध गराउँदै आएको छ । स्कुल बस सेग्मेन्टमा यस ब्राण्डले विगत लामो समयदेखि अग्रणी स्थान ओगटिरहेको कम्पनीले जनाएको छ ।

Share News