बीवाईडी गाडीमा ५ वर्ष निःशुल्क मर्मत र १० वर्षको वारेन्टी पाइने

काठमाडौं । बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहक–केन्द्रित विशेष अभियान ‘०–५–१०’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो योजना दीर्घकालीन मूल्य, विश्वसनीयता र मानसिक शान्तिको अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

कम्पनीका अनुसार यो अफर सीमित समयका लागि लागू हुनेछ, जसअन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरूले दुईवटा विशेष सुविधा प्राप्त गर्नेछन् । पहिलो, ५ वर्षसम्म शून्य सर्भिसिङ लागत, जसअन्तर्गत कम्पनीले निःशुल्क वार्षिक मर्मत प्याकेज उपलब्ध गराउनेछ । यसमा लेबर चार्ज, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिशन आयल, ब्रेक आयल, एलभी ब्याट्री, र कुलेन्टजस्ता उपभोग्य सामग्री समावेश हुनेछन् । यो सुविधा कम्पनीको सिफारिस गरिएको सर्भिस तालिका अनुसार पाँच वर्षसम्म उपलब्ध हुनेछ ।

दोस्रो, ग्राहकले १० वर्ष वा २ लाख किलोमिटर (जुन पहिले पुग्छ) सम्मको विस्तारित वारेन्टी प्राप्त गर्नेछन् । यो वारेन्टी ब्याट्री र मोटर मा लागु हुनेछ । कम्पनीका अनुसार यो सुविधा विद्युतीय सवारी उद्योगमा अहिलेसम्मकै दीर्घकालीन वारेन्टी हो, जसले बीवाईडीको गुणस्तर र ग्राहक सन्तुष्टिप्रति गहिरो प्रतिबद्धता दर्शाउँछ ।

यो आकर्षक योजना वैशाख ३१ गते सम्म बीवाईडी सवारी बुक गर्ने ग्राहकहरूका लागि उपलब्ध हुनेछ । अफर बीवाईडी ब्रान्डका सबै मोडलमा लागू हुनेछ र देशभर रहेका आधिकारिक शोरूमहरू तथा प्रचार कार्यक्रमहरूबाट जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

अभियान घोषणा गर्दै साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतम ले भने, 'नयाँ वर्षमा प्रवेश गर्दै गर्दा हामीले कार मात्र नभई दश वर्षसम्मको एस्योरेन्स र केयर सहितको उत्सव मनाउन चाहेका छौं । ०–५–१० अभियान एउटा अफर मात्र होइन, यो नेपाललाई स्वच्छ र दिगो विद्युतीय यातायात प्रणालीतर्फ लैजाने हाम्रो दृढ संकल्पको प्रतिबिम्ब हो ।'

गौतमले बीवाईडीले ग्राहकहरूको विश्वासप्रति आभार प्रकट गर्दै अझ हरित भविष्यतर्फको यात्रामा साथ दिन आग्रह गरे । 

Share News