‘ओ-युनिभर्स’ को अवधारणा सार्वजनिक गर्दै ओमोडा एन्ड जेको

काठमाडौं ।  ओमोडा एन्ड जेकोले यही वैशाख १२ गते विश्वव्यापी डिलरहरूका लागि ‘ओ-युनिभर्स’ नामक एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुत गर्ने भएको छ।

यसले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिहरूलाई ओमोडाको अत्याधुनिक प्रविधिबाट प्रेरित ‘ओ-ल्याब’ र जेइकोको अफरोड जीवनशैलीमा आधारित ‘जे-ल्यान्ड’का दुई फरक अनुभवहरू प्रदान गर्ने नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले जनाएको छ ।

फ्युचरिस्टिक प्रविधिको उत्सव-- ओमोडा ‘ओ–ल्याब’ ओमोडाको ‘ओ–ल्याब’ले प्रविधि र कलाको संगमसहित सन् २०५० को फ्युचरिस्टिक सहर कस्तो हुनेछ भन्ने अनुभव दिने जनाइएको छ ।

‘ओ–युनिभर्स’को सार्वजनिकिकरण समारोहमा उपस्थित हुनेहरूले ग्यालेक्सिहरूको (आकाशगङ्गाहरूको) झझल्को दिने अत्याधुनिक ‘एलइडी स्क्रिन’का भित्ताहरूमा ओमोडाको नवीनतम प्रविधिहरू प्रस्तुत गरिनेछन् । 

सहभागीहरूले रोबोट, रोबोटिक कुकुर, ड्रोन, र अन्तक्रियात्मक क्रियाकलापहरूसहित पूर्ण रूपमा प्रविधियुक्त संसारको अनुभव लिन सक्नेछन् । यसै अनुभव अन्तर्गत ओमोडाको पहिलो हाइब्रिड मोडल ‘सL-सेभेन एसएचएस’ र पहिलो पूर्णरूपमा विद्युतीय गाडी ओमोडा ‘ई-फाइभ’को पनि प्रदर्शनी हुनेछ ।

यसका साथै, ‘सी-थ्री साइबर मेका आर्ट ग्यालरी’ले परम्परागत प्रविधिका सीमाहरूलाई तोड्दै यसको ‘इन्टेलिजेन्ट लाइट इन्सटलेसन’ सहित एक ‘सररियल’ एवम् कलात्मक अनुभव सिर्जना गर्नेछ । 

साथै ओमोडा एन्ड जेकोले ‘इको-सो’ पनि सुरु गर्दैछ । 

Share News