काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको ‘ह्याप्पी विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै निसानका गाडीहरूको लागि ३ दिने ‘प्री-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ सुरु गरेको छ ।
नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको हो ।
यो क्याम्प वैशाख १०, ११ र १२ गते देशव्यापी रूपमा सञ्चालन भइरहेको छ ।
यो सर्भिस क्याम्प काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, हेटौंडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज, सुर्खेत गरी निसानको देशभरका १६ वटा विभिन्न चेकपोइन्टहरूमा एकैसाथ सञ्चालन भइरहेको पायोनियर मोटो कर्पले जनाएको छ ।
‘प्री-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ अन्तर्गत ग्राहकहरूले निसान गाडीको चेकअप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन् । यी सुविधाहरू अन्तर्गत ग्राहकहरूले ‘टप वास’ निःशुल्क प्राप्त गर्नेछन् भने जुनै सेवा लिँदा पनि कुनै ‘लेबर चार्ज’ तिर्नुपर्ने छैन ।
त्यस्तै, ‘सस्पेन्सन, क्लच’जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजहरूमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् अनि १५ प्रतिशत छुटमा ‘बडीसप जब्स’ सुविधा लिन सक्नेछन् । त्यसैगरी, ल्युब्रिकेन्ट, ‘फिल्टर पाट्र्स’, र ‘ब्रेकप्याड तथा सु’मा १०% छुटबाट लाभान्वित हुन सक्नेछन् ।
यो योजना, ग्राहकका निसान गाडीहरूको विशेष छुटका साथ चेक–अप तथा सर्भिसिङ गर्ने भव्य अवसर हो । यस क्याम्पअन्तर्गतका सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन् ।
पायोनियर मोटो कर्प प्राइभेट नेपालको लागि निसान मोटर कम्पनीको आधिकारिक वितरक हो । सन् २०१४ मा स्थापित यो कम्पनीले जापान, थाइल्यान्ड र भारतस्थित निसानको प्लान्टबाट सवारीसाधन आयात, तथा निसानको सम्पूर्ण मोडेलको गाडीका लागि विक्री, सर्भिसिङ र पाटपूर्जा आदि सुविधा उपलब्ध गराउँदै आएको छ ।