रौतहट । नेपालका लागि महिन्द्रा फोरव्हीलरको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्क्सले रौतहटमा महिन्द्राको नयाँ २ एस सेवा केन्द्र सुरु गरेको छ । सेवा केन्द्रको उद्घाटन बुधबार गरिमा मोटर्सको वर्कसपमा एक औपचारिक समारोहबीच सम्पन्न भयो ।
उद्घाटन कार्यक्रममा मधेश प्रदेशका पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री समीर भट्टराई, महिन्द्रा एण्ड महिन्द्राका अटो डिभिजन तर्फबाट सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धर, बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठ तथा गरिमा मोटर्सका प्रबन्ध निर्देशक कुन्दन चौधरीसहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा श्रेष्ठले भने, 'महिन्द्राको आधिकारिक सेवा केन्द्र रौतहटमा विस्तार गर्न पाउँदा हामी उत्साहित छौं । दक्ष प्राविधिक र आधुनिक उपकरणसहितको सेवा अब क्षेत्रीय ग्राहकको पहुँचमा हुनेछ ।'
नयाँ सेवा केन्द्रले रौतहट तथा वरपरका महिन्द्रा ग्राहकलाई सहज, छिटो र गुणस्तरीय सेवा दिने उद्देश्य राखेको छ । बालाजु अटो वर्क्सले यसै माध्यमबाट महिन्द्राको स्वामित्व अनुभवलाई अझ परिस्कृत बनाउने लक्ष्य लिएको जनाएको छ ।
अग्नि ग्रुपले देशभरि आफ्ना सेवा केन्द्रको सञ्जाल विस्तार गर्दै ग्राहक सन्तुष्टि सुनिश्चित गर्न सेवा सुधारको अभियानलाई तिव्रता दिइरहेको छ ।