क्यानडामा बनेका कारहरूमा लगाइएको २५ प्रतिशत शुल्क अझ बढ्न सक्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार क्यानडाबाट अमेरिकामा आयात गरिने कारहरूमा लगाइएको २५ प्रतिशत शुल्क अझ बढ्न सक्ने बताएका छन् ।

बुधबार पत्रकारहरूसँगकाे कुराकानीमा उनले यस्तो बताएका हुन् ।

'मैले क्यानडामा शुल्क लगाएसँगै उनीहरूले २५ प्रतिशत तिरेका छन् तर कारकाे सन्दर्भमा त्यो अझ बढ्न सक्छ," ट्रम्पले भने। 

'हामीले चाहेको भनेको के हो भने, 'हामी तपाईंका कारहरू चाहँदैनौं, हामी साँच्चै आफ्नै कारहरू बनाउने चाहन्छाैं,' उनले भने ।
 

Share News