यामाहाको काठमाडौं उपत्यकाभरि एक्सचेन्ज अफर

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई–पांग्रे सवारीसाधन पारखीका लागि एक्सचेन्ज अफर ल्याएको छ । 

यो अफर २०८२ बैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरुमहरूमा लागु हुनेछ । 

यामाहा ब्लु फेस्टको सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज अवसर प्रदान गरेको हो ।

यस्ता छन् सुविधा :

जुनसुकै ब्राण्डको पुरानो सवारीसाधनमा न्यूनतम २५ हजारको भ्यालुएसन (कर चुक्ताको प्रमाणपत्र अनिवार्य)

एक्सचेन्ज भ्यालु अझ बढाउन थप १० हजारको अतिरिक्त भ्यालुएसन

धरौटीबिना नै सजिलो फाइनान्सिङ सुविधा

यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९ प्रतिशत व्याजदरमा सस्तो किस्ताबन्दी सुविधा

थ्रील अफ थ्री अफर अन्तर्गत १ लाख रुपैयाँसम्मको स्योर शट छुट ।

उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोट्र्स ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिजहरू

Share News