मोरङ उद्योग व्यापार संघमा आयात-निर्यात सुव्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । मोरङ उद्योग व्यापार संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौंसँगको सहकार्यमा संघमा आयात निर्यात नीति सुदृढीकरण तथा सु-व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

संघका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहले सो अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो । 

कार्यक्रममा संघका अध्यक्ष राठीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौंका उपसचिव अच्युत ढुंगाना समक्ष उद्योग/व्यवसाय क्षेत्रको आयात निर्यातको विद्यमान अवस्था, समस्याहरू र तीनका समाधानका उपायहरूबारे अवगत गराउँदै सुझाव पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौंका शाखा अधिकृत गणेश पाण्डे, कोशी प्रदेश अधिकृत चन्द्र बहादुर कार्की, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका नि.कार्यालय प्रमुख हितेश बस्नेत, संघका पूर्व अध्यक्षहरू, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरू, युवा र महिला उद्यम समिति संयोजक तथा सदस्यहरू, विभिन्न वस्तुगत संघ/संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू, सदस्य औद्योगिक/व्यावसायिक प्रतिष्ठानका प्रमुख एवं प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

Share News