काठमाडौं । सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले आफ्ना नारा लेखिएका प्लेकार्ड बोकेर, 'हाम्रो धैर्यलाई कमजोरी नठान' र 'आन्दोलन रहर नभई बाध्यता हो' जस्ता सन्देश दिएका छन् ।
सहकारी संस्थाको रकम अपचलनको कारण पीडित बचतकर्ता महीनौँदेखि सडक आन्दोलनमा छन् । उनीहरूको प्रमुख माग भनेको सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर आफ्ना बचत रकम फिर्ता गर्नु हो ।
यस विषयमा सरकारी निकायहरूले कुनै कदम नचालेको पीडितहरूको भनाइ छ ।










