अमेरिकी अटो उद्योगका लागि राहत : ट्रम्पले ट्यारिफमा लचकता देखाउँदै ऐतिहासिक कदम चाल्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल उद्योगमा देखिएको आर्थिक दबाबलाई सहज बनाउँदै मंगलबारदेखि अटो ट्यारिफको प्रभाव कम गर्ने ऐतिहासिक घोषणा गर्न लागेका छन् । 

वाणिज्य सचिव हावर्ड लुटनिकका अनुसार अबदेखि स्वदेशमै उत्पादित कारहरूमा प्रयोग हुने विदेशी पार्टपुर्जाहरूमा लाग्ने ट्यारिफ कम गरिनेछ र विदेशमा बनेका कारहरूमा अनावश्यक दोहोरो शुल्क लगाइने छैन ।

'राष्ट्रपति ट्रम्पले अमेरिकी अटो उत्पादक र कामदारहरूका लागि दीर्घकालीन साझेदारी निर्माण गर्दैछन्, 'लुटनिकद्वारा ह्वाइट हाउसमार्फत जारी वक्तव्यमा भनिएको छ, 'यो सम्झौता राष्ट्रपति ट्रम्पको व्यापार रणनीतिका लागि कोसेढुङ्गा सावित हुनेछ ।'

यो कदम किन विशेष छ?

वाल स्ट्रिट जर्नलले खुलासा गरेअनुसार ट्रम्पको यो कदमले स्टिल र एल्युमिनियममा लाग्ने अन्य शुल्कहरूसँग भीडन्त नगरी सन्तुलन कायम राख्नेछ । अघिल्ला ट्यारिफहरू तिरेका कम्पनीहरूलाई फिर्ता भुक्तानी दिइने समेत उल्लेख गरिएको छ।

राष्ट्रपति ट्रम्प मिशिगन प्रस्थान गर्दैछन्, जहाँ उनले आफ्नो कार्यकालको पहिलो १०० दिनको कार्यकाललाई लिएर आयोजना गर्नेछन् । अटो ट्यारिफमा आएको लचकता ट्रम्प प्रशासनको व्यापार सम्बन्धी कठोर र कडा नीतिमा आएको परिवर्तनको एउटा स्पष्ट संकेत हो ।

उद्योगबाट स्वागत

जनरल मोटर्स (जीएम) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) मेरी बार्रा भन्छिन्, 'राष्ट्रपति ट्रम्पको नेतृत्वले अमेरिकी निर्माण क्षेत्रका लागि खेलमैदान समतल बनाइरहेको छ। अब हामी अमेरिकामा झन् बढी लगानी गर्न सक्षम हुनेछौं ।'

फोर्डका सीईओ जिम फार्लीले भन्छन्, 'यो निर्णयले अटो उद्योग, आपूर्तिकर्ता र उपभोक्ताहरू सबैलाई राहत दिनेछ ।'

ट्यारिफले अटो उद्योगमा अस्थिरता 

पछिल्ला केही महिनायता अटो ट्यारिफले अमेरिकाको अटो उद्योगमा अस्थिरता ल्याएको थियो । स्टिल, एल्युमिनियम र पाट्र्समा २५ प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको योजनाले मूल्यवृद्धि, बिक्रीमा गिरावट र आपूर्ति श्रृंखलामा अवरोध ल्याउने चेतावनी दिइएको थियो ।

जीएम, टोयोटा, फक्सवागन, हुन्डाईलगायत ठूला ब्रान्डहरूको प्रतिनिधित्व गर्ने समूहले ट्रम्पलाई चेतावनी दिँदै पत्र पठाएका थिए, जसमा भनिएको थियो – 'यी ट्यारिफहरूले सम्पूर्ण अटो उद्योगमा धेरै असर पार्नेछन् ।'

अब भने ट्रम्पको कदमले उद्योगलाई राहत दिइसकेको छ- नयाँ घोषणा मंगलबार औपचारिक गरिनेछ ।

सान्दर्भिक सामग्री

बीवाईडीको त्रैमासिक नाफा गत वर्षको तुलनामा १००.४ प्रतिशतले वृद्धि

लिगेसी बोकेको पोर्शेलाई पनि चीनमा सकस, विदेशी अटोमेकरका बिक्री धमाधम घट्दै

मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्यो कमाल

भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला

ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा

ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक

घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित

ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने

२५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने

साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा

Share News