बजाज ग्रान्ड कार्निभलमा पुराना बाइकको भ्यालुयसन ग्यारेन्टी, नयाँ बाइकमा छुट र सुविधा

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज ग्रान्ड कार्निभल’ नामक बृहत मोटरसाइकल एक्सचेन्ज योजना ल्याएको छ ।

यो योजना वैशाख १६ गतेदेखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । योजना अन्तर्गत ग्राहकहरूले २० भन्दा बढी भ्यालुयटर्स बाट पुराना बाइकहरूको ग्यारेन्टीसहित उच्चतम मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् ।

यस कार्यक्रममा ग्राहकहरूले अन द स्पट फाइनान्स, निःशुल्क एक्सेसोरिज तथा ९.९९ प्रतिशत ब्याजदरमै सरल ऋण सुविधा समेत पाउनेछन् ।

यस योजनाले मोटरसाइकल खरिद प्रक्रियालाई झन्झटरहित बनाउँदै ग्राहकलाई घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोत प्रमाणपत्र जस्ता कागजात बिना पनि एक घण्टाभित्र ऋण पास गर्ने सुविधा उपलब्ध गराउने जनाएको छ ।

बजाज ग्रान्ड कार्निभल मा ग्राहकका लागि गेम जोन, टेस्ट राइड लगायत थप आकर्षण पनि रहनेछ । कम्पनीका अनुसार यो नेपालको सबैभन्दा ठूलो बाइक एक्सचेन्ज मेला हो, जसमा ग्राहकले आफ्नो पुरानो बाइक साटेर बजाजका नयाँ आकर्षक मोडेल पाउने विशेष अवसर पाउनेछन् ।

Share News