काठमाडौं । लक्ष्मी ई-मोबिलिटी प्रालि र जिओ अटोमोबाइल्स प्रालिले चीनको यिबिनमा सम्पन्न 'केई अटो ग्लोबल कन्फरेन्स २०२५' मा ‘मोस्ट प्रमिसिङ पार्टनर अवार्ड’ प्राप्त गरेका छन् ।
नेपालमा केई मोटर्सका आधिकारिक वितरकद्वयले पाएको यो अवार्डले ५० भन्दा बढी अन्तर्राष्ट्रिय वितरकहरूमध्ये उत्कृष्ट साझेदारका रूपमा उनीहरूको पहिचान बलियो बनाएको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय सहकार्य, रणनीतिक छलफल र व्यवसायिक सञ्जाल विस्तारका अवसरहरू प्रस्तुत गरिएका थिए । केई ब्रान्डलाई नेपाली बजारमा सफल रूपमा प्रवर्द्धन गर्ने, ग्राहक सन्तुष्टि हासिल गर्ने र नविनतम मोडेलहरूको तयारीमा अग्रसर रहने प्रतिबद्धताका लागि यो अवार्ड दिइएको हो ।
केई नेपाल अब नेपाली उपभोक्ताको आवश्यकता र रुचिअनुसार डिजाईन गरिएका नयाँ मोडेलहरू सार्वजनिक गर्ने तयारीमा रहेको छ । ती सवारी साधनहरू आधुनिक प्रविधि, मजबुत प्रदर्शन र उचित मूल्यमा उपलब्ध गराइने लक्ष्य छ ।
अवार्डले नेपालभर नवप्रवर्तनशील र भरपर्दो मोबिलिटी समाधान उपलब्ध गराउने प्रतिबद्धतालाई अझ बलियो बनाएको कम्पनीले जनाएको छ ।